१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

५० लाख बराबरको तेलको ट्रक नियन्त्रणमा लिएर बिक्री गर्ने चार जना पक्राउ

७ कार्तिक २०७९, सोमबार ०६:५३

कात्तिक ७, वीरगञ्ज | करिब ५० लाख मूल्य बराबरको तेल ट्रकसहित बीच बाटोमै बेपत्ता पारेर बिक्री गर्ने समूहलाई बारा प्रहरीले पक्राउ गरेको छ । 

परवानीपुर ५ बहुअरीस्थित मनोकामना आयल फुड प्रोसेसिङबाट २० हजार चार सय ७६ लिटर तेल लोड गरेर सिन्धुलीका लागि हिँडेको ट्रक बेपत्ता पारी तेल बिक्री गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा ट्रकका चालकसहित चारजना रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार ट्रक चालक नुवाकोट शिवपुरी गाउँपालिका १ घर भई काठमाडौं बस्ने सुकमान नामाङ, रौतहट राजपुर नगरपालिका ६ घर भई गौर नगरपालिका १ बस्ने रमेश कुमार, रौतहट बृन्दावन नगरपालिका ६ बस्ने शेख कलाम, बृन्दावन नगरपालिका ८ बस्ने बैधनाथ साह तेलीलाई पक्राउ गरेको हो । 

असोज २८ गते परवानीपुरबाट प्र २–०३–००१ ख ४८१२ नम्बरको ट्रकमा तेल लोड गरेर सिन्धुलीको कमलामाईस्थित रोबिन सप्लायर्समा पुर्‍याउनुपर्ने भएपनि उक्त ट्रक बीच बाटोबाटै सम्पर्कविहीन भएपछि मनोकामना आयल फुड प्रोसेसिङले प्रहरीमा उजुरी दिएको थियो । उक्त उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले कार्तिक ४ गते ट्रक चालक र त्यसपछि अन्यलाई पक्राउ गरेको हो । 

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले फोन रेकर्डका आधारमा ट्रक चालकलाई पक्राउ गरेपछि घटनामा संलग्न रहेका अन्यलाई पक्राउ गर्न सफल भएको जानकारी दिए । वीरगन्जस्थित अंजनी क्यारियर्सबाट ढुवानी भएको उक्त ट्रक कार्तिक ५ गते बाराको सिम्रौनगढ नगरपालिकाको बजारमा वेवारिसे अवस्थामा फेला परेको थियो । 

सिन्धुली नगएर बीचमा बेपत्ता भएको उक्त ट्रकको तेल भने रौतहटको गौर नगरपालिका वडा नं. १ स्थित रमेश कुमारले भण्डारण गरेको अवस्थामा प्रहरीले फेला पारेको छ । प्रहरीले उक्त स्थानबाट तीन हजार एक सय ७० लिटर तेल र एक सय ५९ थान खाली कार्टुन फेला पारेको हो । 

प्रहरी उपरीक्षक बोगटीले प्राप्त प्रमाणका आधारमा तेल चोरी गरी बिक्री गरेको पाइएकाले चारजनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ