१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देहीमा दुई किशोरी बलात्कारको आरोपमा ९ जना पक्राउ

१७ कार्तिक २०७९, बिहीबार ११:१७

कात्तिक १७, काठमाडौँ | दुई किशोरी बलात्कारको आरोपमा प्रहरीले रुपन्देहीबाट ९ जनालाई पक्राउ गरेको छ । बुधबार राति सवा १ बजेतरि १५ र १६ वर्षका किशोरीलाई बलात्कार गरेको आरोपमा बिहीबार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।


१५ वर्षीया बालिकाको बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिका १० बस्ने वर्ष १८ का बबि पाण्डे, वर्ष २६ का रामबहादुर बिकलगायत ५ जना पक्राउ परेका छन् ।

त्यस्तै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने सैनामैना ११ बनकट्टि बस्ने वर्ष १९ का पदम कार्की, गैडहवा गाउँपालिका ८ बस्ने वर्ष १८ को राहुल परियार लगायतका थप २ जना प्रतिवादीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

कञ्चन गाउँपालिका २ गोफ्लापुरस्थित बाटोमा हिँड्दै गरेका किशोरीलाई ११/१२ जनाको समूहका मानिसहरुले अपहरण गरी जंगल तथा खोला किनारमा लगी जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रुद्रपुर, सुर्यपुरा र सालझण्डी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु