पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ३०, लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमा आज बिहान ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ६ प ७३६८ नम्बरको मोटरसाइकल धनगढी नगरपालिका–११ स्थित सडक छेउमा बिग्रेर रोकिएको ना ३ ख ५७५३ नम्बरको ट्रकको पछाडि ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक सप्तरीको सारस्वर–२ निवासी २५ वर्षीय ब्रह्मदेव साहको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते मोटरसाइकल चालक साहलाई उपचारका लागि लहान अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ । मृतकको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमास्मारक अस्पतालमा राखिएको छ । रासस