2026-11-01 10:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

कुर्मी सशक्तिकरण मंचको क्षेत्रिय कमिटी गठन

kurmi birgunj

चैत्र २०, वीरगंज । कुर्मी
सशक्तिकरण मंच पर्साले आज क्षेत्र नं. २ र ५ मा मंचको क्षेत्रिय कमिटी गठन गरेको छ । मंच पर्साका
अध्यक्ष संतोष पटेलको सभापतित्वमा वीरगंज उपमहानगरपालिका वडा नं. १७ पिपरामा पर्सा क्षेत्र नं. २ को
लागि देवप्रकास पटेलको अध्यक्षतामा २५ सदस्यीय क्षेत्रिय गठन गरेको थियो ।

नव गठित क्षेत्रीय समितीको सदस्यहरुमा जगमोहन पटेल, पल्टन पटेल, अजय पटेल, संजय पटेल, बिष्णु
पटेल, राजु पटेल, अमित पटेल, शिवशंकर पटेल, जितेन्द्र पटेल, राजन पटेल, रामजी पटेल, अनिल पटेल, संदेश
पटेल लगायत २५ जना रहेको र क्षेत्रिय कमिटीको पहिलो बैठकले अन्य पदाधिकारीहरुको जिम्मेवारी दिइने निर्णय
गरेको नव निर्वाचित क्षेत्रिय अध्यक्ष देवप्रकास पटेलले बताए । क्षेत्रिय कमिटी गठन कार्यक्रममा कुर्मी
सशक्तिकरण मंचका केन्द्रिय उपाध्यक्ष रामरुप कुर्मी, कुर्मी सेवा सदनका अध्यक्ष सुरेन्द्र कुर्मी,
कुर्मी समाजका अगुवा शिव शंकर प्रसाद कुर्मी, रामनारायण प्रसाद कुर्मी, सुन्दर प्रसाद कुर्मी, श्याम
पटेल, बिरेन्द्र पटेल, शुभनारायण प्रसाद कुर्मी, शिवशंकर आर्य, अजय पटेल, मंच पर्साका उपाध्यक्ष बिशेशवर
पटेल, जिल्ला सदस्यद्वव राजेश पटेल, पन्नालाल पटेल, वीरगंज नगर अध्यक्ष कुन्दन पटेल, सचिव रोशन पटेल
लगायतकाले शुभकामना मन्तव्य दिदै समाजमा रहेका दाइजो प्रथा, बालबिवाह लाई समाजबाट निर्मुल पार्न ध्यान
दिन सवैलाई आग्रह गरेका थिए । कार्यक्रमलाई चन्द्रिका पटेलले सहजीकरण गरेका थिए ।

kurmi news 3

यसैगरी कुर्मी सशक्तिकरण मंच पर्साले क्षेत्र नं. ५ मा धर्मेन्द्र पटेलको
अध्यक्षतामा ३१ सदस्यीय क्षेत्रिय कमिटी गठन गरेको छ । गाबिस भिखमपुर आसवारी स्थित श्री पारस राजपतीदेवी
प्राथमिक बिद्यालयको प्राङ्गनमा मंच पर्साका अध्यक्ष संतोष पटेलको सभापतित्वमा सम्पन्न क्षेत्रिय भेलामा
कुर्मी सेवा सदनका अध्यक्ष सुरेन्द्र कुर्मी, शिक्षाप्रेमी पारस प्रसाद कुर्मी, जगदिश कुर्मी, क्षेत्र
नं. २ का अध्यक्ष देवप्रकास पटेल, सदस्य बिष्णु पटेल, समाजका अगुवा रामअषिश पटेल, ध्रुव प्रसाद कुर्मी,
मंच पर्साका सह सचिव खेमराज पटेल, पत्रकार गौरव संतोष पटेल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए
। नव गठित क्षेत्रिय समितीको उपाध्यक्षमा नरेश पटेल, क्षेत्रिय सदस्हरुमा नन्दलाल पटेल, रामकान्त पटेल
लगायत ३१ सदस्यीय समिती गठन गरिएको क्षेत्रिय अध्यक्ष धर्मेन्द्र पटेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द