२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

कुर्मी सशक्तिकरण मंचको क्षेत्रिय कमिटी गठन

२०७२, २० चैत्र शनिबार १५:३७

kurmi birgunj

चैत्र २०, वीरगंज । कुर्मी
सशक्तिकरण मंच पर्साले आज क्षेत्र नं. २ र ५ मा मंचको क्षेत्रिय कमिटी गठन गरेको छ । मंच पर्साका
अध्यक्ष संतोष पटेलको सभापतित्वमा वीरगंज उपमहानगरपालिका वडा नं. १७ पिपरामा पर्सा क्षेत्र नं. २ को
लागि देवप्रकास पटेलको अध्यक्षतामा २५ सदस्यीय क्षेत्रिय गठन गरेको थियो ।

नव गठित क्षेत्रीय समितीको सदस्यहरुमा जगमोहन पटेल, पल्टन पटेल, अजय पटेल, संजय पटेल, बिष्णु
पटेल, राजु पटेल, अमित पटेल, शिवशंकर पटेल, जितेन्द्र पटेल, राजन पटेल, रामजी पटेल, अनिल पटेल, संदेश
पटेल लगायत २५ जना रहेको र क्षेत्रिय कमिटीको पहिलो बैठकले अन्य पदाधिकारीहरुको जिम्मेवारी दिइने निर्णय
गरेको नव निर्वाचित क्षेत्रिय अध्यक्ष देवप्रकास पटेलले बताए । क्षेत्रिय कमिटी गठन कार्यक्रममा कुर्मी
सशक्तिकरण मंचका केन्द्रिय उपाध्यक्ष रामरुप कुर्मी, कुर्मी सेवा सदनका अध्यक्ष सुरेन्द्र कुर्मी,
कुर्मी समाजका अगुवा शिव शंकर प्रसाद कुर्मी, रामनारायण प्रसाद कुर्मी, सुन्दर प्रसाद कुर्मी, श्याम
पटेल, बिरेन्द्र पटेल, शुभनारायण प्रसाद कुर्मी, शिवशंकर आर्य, अजय पटेल, मंच पर्साका उपाध्यक्ष बिशेशवर
पटेल, जिल्ला सदस्यद्वव राजेश पटेल, पन्नालाल पटेल, वीरगंज नगर अध्यक्ष कुन्दन पटेल, सचिव रोशन पटेल
लगायतकाले शुभकामना मन्तव्य दिदै समाजमा रहेका दाइजो प्रथा, बालबिवाह लाई समाजबाट निर्मुल पार्न ध्यान
दिन सवैलाई आग्रह गरेका थिए । कार्यक्रमलाई चन्द्रिका पटेलले सहजीकरण गरेका थिए ।

kurmi news 3

यसैगरी कुर्मी सशक्तिकरण मंच पर्साले क्षेत्र नं. ५ मा धर्मेन्द्र पटेलको
अध्यक्षतामा ३१ सदस्यीय क्षेत्रिय कमिटी गठन गरेको छ । गाबिस भिखमपुर आसवारी स्थित श्री पारस राजपतीदेवी
प्राथमिक बिद्यालयको प्राङ्गनमा मंच पर्साका अध्यक्ष संतोष पटेलको सभापतित्वमा सम्पन्न क्षेत्रिय भेलामा
कुर्मी सेवा सदनका अध्यक्ष सुरेन्द्र कुर्मी, शिक्षाप्रेमी पारस प्रसाद कुर्मी, जगदिश कुर्मी, क्षेत्र
नं. २ का अध्यक्ष देवप्रकास पटेल, सदस्य बिष्णु पटेल, समाजका अगुवा रामअषिश पटेल, ध्रुव प्रसाद कुर्मी,
मंच पर्साका सह सचिव खेमराज पटेल, पत्रकार गौरव संतोष पटेल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए
। नव गठित क्षेत्रिय समितीको उपाध्यक्षमा नरेश पटेल, क्षेत्रिय सदस्हरुमा नन्दलाल पटेल, रामकान्त पटेल
लगायत ३१ सदस्यीय समिती गठन गरिएको क्षेत्रिय अध्यक्ष धर्मेन्द्र पटेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला