Skip to content
Friday, July 17, 2026 Nepali Online Media
September 15, 2016 पर्सा - PRS, समाज

वीरगन्ज उपक्षेत्रीय अस्पताल स्तरवृद्धिका लागि छलफल

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ३०, वीरगन्ज । सरकारले वीरगन्ज उपक्षेत्रीय अस्पतालको स्तरवृद्धि गर्न सरोकारवालासँग छलफल गरेको छ ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ भौतिक पूर्वाधार सल्लाहाकार सुनिल खड्काको नेतृत्वमा आएको एक टोलीले आज अस्पताल विकास समितिका पदाधिकारीसंग छलफल गरेको हो ।

अस्पताल विकास समितिका अध्यक्ष डा रामदेव तिवारीको अध्यक्षतामा बसेको बैठकले अस्पताल हातामा निकट भविष्यमा पाँच शै्ययाको महेन्द्र आरोग्य अस्पताल निर्माण गर्ने, पुराना संरचनालाई भत्काइ नयाँ निर्माणका लागि पूर्वाधार तयार पार्ने, अस्पताल हाताभित्रको पुरानो सभाहल पुनःनिर्माणका लागि पनि पहल गर्ने निर्णय भएको छ ।

छलफलमा अस्पतालका मेडिकल सुपरिडेन्टेन डा रामपरीक्षण यादव वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप केडियालगायतका व्यक्तिले अस्पतालको नयाँ संरचना बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

हाल सो अस्पतालमा सरकारको तर्फबाट २५० तथा अस्पताल विकास समितिको तर्फबाट १०० गरी ३५० शै्यया प्रयोगमा ल्याइएको छ । रासस