2026-11-01 10:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

युवा नेता ओमप्रकास सर्राफ सदभावना पार्टीमा प्रवेश

चैत्र २४, वीरगंज
।
वीरगंजका चर्चित युवा नेता एवं जारी मधेस आन्दोलनका सिपाही ओमप्रकास सर्राफ सहितका युवा
नेताहरु राजेन्द्र महतोले नेतृत्व गरेको सदभावना पार्टीमा प्रवेश गरेका छन् ।

pati1

सदभावना पार्टी पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा युवा नेताहरलाई सदभावना पार्टीका
अध्यक्ष राजेन्द्र महतोले फुलमाला, टीका र सदस्यता बितरण गरेका थिए । सम्मेलनमा बोल्दै महतोले जारी मधेस
आन्दोलन सम्बोधन नभए सम्म आन्दोलन नरोकिने बताउदै शान्तिपुर्ण आन्दोलनको स्वरुप मात्र परिर्वतन गरिएको र
चैत्र मसान्त भित्र सरकारले माँग सम्बोधन नगरे बैशाख देखि कडा आन्दोलन गर्ने बताउनु भयो ।pati2

जारी
मधेस आन्दोलनको ताप र राप बाट सरकारलाई सदबुद्धि नआए अब हाइवे संगै सिंहदरवार ठप्प गर्ने गरी आन्दोलनको
तयारीमा मोर्चा लागि परेको बताए । सात दलिय संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नेता समेत रहेका महतोले
हाम्रो आन्दोलनलाई सरकारले सम्प्रदायिक भन्यो, तुहिएको र बिखण्डनकारी भनेर व्यापक प्रचारवाजी मात्र
सरकारले गरयो ।तर हामी मधेसको माँग सम्बोधन सरकारले नगरे सम्म आन्दोलन जारी राख्ने बताउदै अब सरकार
सुनवाई नगरे कठोर आन्दोलन बैशाख बाट सुरु गर्ने बताउनुभयो ।

अब को आन्दोलन जनतालाई दुख नपर्ने
गरी मात्र सरकार केन्द्रित आन्दोलन हुने र सो निर्णयक आन्दोलनमा मधेसी मात्र नभई पहाडीलाई समेत लिएर
आन्दोलन गर्ने चेतावनी दिनुभयो । एक फरक प्रसंगमा सरकारले घोषणा गरेको संबिधान दिवसलाई कालो दिवसको
संज्ञा दिदै अपुर्ण रहेको संबिधानलाई दिवस भनेर मनाउने सरकारको अदुरदर्शिता सोच भएको र लोकतन्त्र दिवस
नमनाउने निर्णय सरकारले गरेकोलाई लोकतन्त्रको हत्या भएको महतोको भनाई रहेको थियो । नाकाबन्दी खुलेपनि
सरकारले सहज रुपमा नेपाली जनतालाई ग्याँस,पेट्रोल लगायत अन्य समाग्री सहज उपलब्ध नगराउनु र
कालोबजारीयाहरुलाई मात्र प्रसय दिइरहेको बताउनु भयो ।

वीरगंज स्थित मुर्ली ब्रम्हटोल चौकमा
आयोजित सम्मेलनमा सदभावना पार्टीका केन्द्रिय महामन्त्री एवं पुर्वराज्यमन्त्री सरोज यादव,सहमहामन्त्री
एवं अधिवक्ता सुरेन्द्र कुर्मी,केन्द्रिय सदस्य निजामुदिन समानी,पर्सा जिल्ला प्रवक्ता भुपेन्द्र
तिवारी,जिल्ला सदस्यद्वव अनिरुद्ध कलवार र किसोरी कलवार लगायतको सहभागिता रहेको थियो । सदभावना पार्टी
पर्सा जिल्ला अध्यक्ष ईम्दादगद्दी सुगाको सभापतित्वमा सम्पन्न सम्मेलन जिल्ला सचिव राजेश साहले सहजीकरण
गरेका थिए ।

सम्मेलनमा वीरगंजका चर्चित युवा नेता एवं मधेस आन्दोलनका सिपाही ओमप्रकास सर्राफको
नेतृत्वमा सयौंको संख्यामा रहेका युवाहरु सदभावना पार्टीमा प्रवेश गरेका थिए । प्रवेश गर्नेहरुमा पंकज
पटेल,धर्मेन्द्र गुप्ता,सुनिता रौनियार, रबि प्रकास सर्राफ,हरीशंकर सर्राफ,राजेश सर्राफ,हलिम
अंसारी,सुजित कुमार,दिपनारायण साह,मनोज सर्राफ,बिनोद साह,उपेन्द्र सर्राफ,सतयुग साह,नितेश गुप्ता,फजिल
आलम,राहुल गुप्ता,सहजाद आलम,जकाउल अंसारी,साजन कुमार,रामअयोद्धया दास,तवरेज आलम,हाकिम मियाँ,रोसन
रुपाखेती, धिरेन्द्र कुमार, संदीप चौधरी, संदिप गुप्ता, राहुल महतो, शाहरुख शेख, प्रमोद महतो,आरके
सर्राफ लगायतको रहेका युवा नेता सर्राफले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द