2026-09-12 01:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्साका उपभोक्ता स्वस्थ्य पानी पिउनबाट वञ्चित

भदौ ३१, वीरगन्ज । नेपाल खानेपानी संस्थान पर्साले वितरण गरेको खानेपानी पाइप करिब ५० वर्ष पुरानो तथा जीर्ण भएकाले उपभोक्ता स्वस्थ्य खानेपानी पिउनबाट वञ्चित भएका छन् । 

जमिनमुनि रहेका ती पाइप पुरानो तथा जीर्ण भएकाले ठाउँठाउँमा चर्किएको, फुटेका तथा खिया लागेकाले पानीसँगै लेदो र किराहरु आउन थालेपछि उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्ने गरेको उपभोक्ताको गुनासो छ । 

सार्वजनिक तथा निजी गरी बीरगन्जमा सात हजार ५०० धारा संस्थानले बितरण गरेका छन् । ती मध्ये अधिकांश धारा बिग्रेको भत्केको हुनाले प्रत्येक महिना एक लाख ८० हजार लिटर पानी चुहावट हुने गरेको प्रमुख चण्डेश्वर साहले बताउनुभयो । वीरगन्ज उपमहानगरपालिकाको जिम्मामा रहेको २२ वटा सार्वजनिक धारको संरक्षण हुन नसक्दा करिब ३० प्रतिशत पानी चुहावट हुने गरेको छ । 

पानीको खपत गरेबापत ग्राहकले समयमा महसुल बुझाउन नसक्दा संस्थानले सात करोड ३७ लाख रुपैयाँ उठाउन नसकेको हो । संस्थानले अघिल्लो वर्ष एक करोड ६८ लाख राजस्व उठाउन सके पनि बक्यौता रकम भने उठाउन नसकेको हो । पर्याप्त बजेट तथा जनशक्तिको अभावका कारण संस्थानले जमिनमुनि पाइप फेर्न नसक्दा उपभोक्ता स्वस्थ तथा सफा पानी खान नसकेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस