१९ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

युवती हत्या प्रकरण : सशस्त्र प्रहरीका जवानको नाममा किटानी जाहेरी

१६ मंसिर २०७९, शुक्रबार ०५:१७

मङ्सिर १६, बैतडी | बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ । मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय भरत कोलीको नाममा किटानी जाहेरी दिएका हुन् ।


किटानी जाहेरीको आधारमा ती व्यक्तिको खोजीकार्य तीव्र पारिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।  

यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन् । उनी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा रक्ताम्य अवस्थामा फेला परेकी हुन् । हाल उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । घाइते नेहाले दिएको वयानका आधारमा घटनामा संलग्न व्यक्तिको पहिचान खुलेको प्रहरीले जनाएको छ । 

माया र नेहा मङ्गलबार घरबाट लुगा सिउन भनी पञ्चेश्वरकै कुँलाउ गएका थिए । बुधबारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो । खोजतलास गर्दै जाँदा बुधबार मायाको शव तथा नेहा घाइते अवस्थामा भेटिएकी हुन् । घटनाको अनुसन्धानका लागि बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही नेतृत्वको टोली दुई दिनसम्म घटनास्थलमै बसेको थियो । 

माया हालै सम्पन्न निर्वाचनमा म्यादी प्रहरीसमेत थिइन् । प्रहरीले घटनास्थलबाट मायाको मोबाइल, चक्कुलगायतका सामग्री बरामद गरेको छ । बरामद गरिएका सामग्रीबाट थप कुरा खुल्ने प्रहरी नायब उपरीक्षक शाहीको भनाइ छ । मायाको शव परीक्षणपश्चात आफन्तलाई बुझाइएको छ । परीक्षण रिपोर्ट भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा रोल्पामा एक जनाको मृत्यु, ४ जना घाइते आरिफ शेखको कप्तानीमा पुलिसको टोली घोषणा आज पनि ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो? शपथ लिँदालिदै पक्राउ परेका वडाध्यक्षविरुद्ध ५७ वर्ष कैद माग्दै दुईवटा कसुरमा मुद्दा दर्ता ‘लाज शरणम्’मा बालेनको गीत गौशालामा मृत भेटिएकी सुस्मिताको प्रेमीले हत्या गरेकाे प्रहरीकाे ठहर स्वर्णलक्ष्मी ठगी प्रकरण– रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको राय गैरजिम्मेवार भएर प्रदेशले संशोधन गरेको कानुनका कारण महानगरपालिकाको आय घटेको छ, यो नीतिगत भ्रष्टाचार हो : प्रमुख शाह बालगायक सचिन परियारको निधनमा प्रधानमन्त्री ओलीले दिए श्रद्धाञ्जलि विवाह बन्धनमा बाँधिए गायक चर्चित भारतीय गायक अरमान मलिक भीम रावललाई कारबाही गरिएको प्रसंगमा कर्ण थापाले भने : पार्टीमा बहस बन्द गर्नु स्वीकार्य हुँदैन बैतडीमा २४ वर्षीया महिला बलात्कृत, श्रीमान् भारत हुँदा गर्भ बसेपछि बाहिरियो घटना अब विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्कनमा नम्बर पाउने एचपीभी खोप लगाउन किन जरुरी छ? यसको कुनै साइड-इफेक्ट हुन्छ? साउदीमा ६ इरानीलाई फाँसी के भएको थियो सचिन परियारलाई ? शेरा दरबारबारे गम्भीर अध्ययन भइरहे छ : गृहमन्त्री जागिर छाड्छु भन्न नसकेर कर्मचारीले काटे आफ्नै चार औँला गौशालास्थित होटलमा युवतीको मृत्यु: होटेलबाट ‘केहीबेरमा आउँछु’ भनि निस्केका थिए सँगै बसेका युवक गौशालास्थित होटलमा मृत भेटिएकी युवतीको हत्या भएको आशंका