२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

वडाप्रहरीकै नजिकमा चोरहरुबाट स्थानियबासीन्दा आंतकित

२१ बैशाख २०७३, मंगलवार १३:१६

parsaबैशाख २१,
वीरगंज ।  
वडा प्रहरी कार्यालय श्रीपुर नजिकको स्थानिय टोलवासीहरु चोरहरुको बिगबिगीका कारण
पिडित भएका छन् । वीरगंज उपमहानगरपालिका वडा नं. १४ श्रीपुर गाँउको उत्तर र पदम रोडको पश्चिम पट्टि
रहेको श्रीपुर नयाँ बस्ती बजरङ्ग टोलमा बिगत एक सप्ताह देखि लगातार भईरहेको चोरीको घटना बाट
स्थानियबासीन्दाहरु पिडित बनेको र प्रहरी वेखबर रहेको स्थानियबासीहरुले बताएका छन् ।

बजरङ्ग टोलको चौकमा रहेको स्थानिय नन्दलाल मण्डल,रामेश्वर ठाकुर र जितेन्द्र
यादवको पसलमा हिजो राती चोरी भएको छ । चोरहरुले राती पसलको ताल्चा तोडी पसलमा रहेको सरसमान सहित नगद र
जिन्सी पनि लगेका पिडित रामेश्वर ठाकुरले बताउनु भयो ।

एक दिन
अगाडि मात्र सोही टोलमा बसोवास गरेका सुरेन्द्र चौधरीको घर बनाउन राखिएको तीन क्विन्टल छड चोरी भएको
पिडितले बताए । त्यसैगरी दुई दिन अगाडि मात्र सोही टोलका बासी दिपेन्द्र पटेलको ना. ३२ .प ४१५६ नम्बरको
सुपर स्प्लेण्डर मोटरसाईकल चोरी भएको र प्रहरीलाई जानकारी गराउदा समेत अहिले सम्म मोटरसाईकलको कुनै
अतोपतो नलागेको पिडित पटेलले बताउनुभयो ।

वडा प्रहरी कार्यालयको
नजिक रहेको सो टोलमा दिनहुँ भइरहेको चोरीको घटनाबाट आंतकित स्थानिय बासीन्दाहरु शान्ति सुरक्षा कायम
गर्न र चोरी जस्ता घटनाबाट बच्न आफुहरुले स्थानिय स्तरबाट नै चन्दा संकलन गरी लाखोको लागतमा वडा प्रहरी
कार्यालय श्रीपुरको भवन निर्माण गरेको र अहिले यस्ता घटना प्रति प्रहरीले वेवास्ता गरेको कारण आफुहरु
बढी दुखित भएको स्थानिय शिव पटेलले बताउनुभयो । यसबारेमा वडा प्रहरी कार्यालय श्रीपुरमा सम्पर्क गर्दा
चोरहरुको खोजीकार्य जारी रहेको प्रहरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने