2026-11-01 10:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

वीरगञ्जमा पार्किङ व्यवस्थित बनाउन सक्रियता

मङ्सिर २४, वीरगञ्ज | वीरगञ्जमा पार्किङको व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला सक्रिय भएका छन् । बजार क्षेत्रको पार्किङ समस्या समाधान गर्ने पहिलो प्राथमिकताका साथ सम्बन्धित निकाय सक्रिय भएका हुन् । 

वीरगञ्ज महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय विर्ता, सामुदायिक सेवा केन्द्रलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि ट्राफिक व्यवस्थापनमा लागेका छन् । व्यवस्थापनका लागि वीरगञ्ज  क्षेत्रका विभिन्न स्थानलाई पार्किङस्थलको रुपमा प्रयोग गर्न थालिएको छ  । 

चार तथा दुई पाङ्ग्रे सवारी पार्किङ गर्न विर्तास्थित मालपोत कार्यालय, हजारी मल ट्रष्ट, पुरानो बसपार्क, गीता मन्दिर छेउ र घण्टाघर नजिकको वीपी उद्यानको खाली जमिनमा व्यवस्था मिलाइएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले बताउनुभयो । ती स्थानमा पार्किङ गर्न ठाउँ उपलब्ध गराएपछि त्यहाँको व्यवस्थापन सम्बन्धित निकायले गर्नेछन् । 

यद्यपि विर्तास्थित वीरगञ्ज उद्योग वाणिज्य सङ्घदेखि मकालु चोक, आदर्शनगर माईस्थानसम्म र घण्टाघरदेखि लिङ्क रोडको दुवैतर्फ चार पाङ्ग्रे सवारी साधनको पार्किङ निषेध गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द