१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

काठमाडौँमा घर दाइजो माग्दै श्रीमती कुट्ने डा. पंकज पक्राउ, सासू-ससुरा फरार

२८ मंसिर २०७९, बुधबार ०६:०७

मङ्सिर २८, काठमाडौँ | दाइजोकै निहुँमा श्रीमती (नेहा चाैधरी)लाई कुटपिट गरी घरबाट निकाला गरेका डा. पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरीको रामगोपालपुर ५ का ३५ वर्षीय डा. पंकजलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पङ्गेनीले बताए।


उनीविरुद्ध घरेलु हिंसा र दाइजोविरुद्धका मुद्दा चलाइनेछ। आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। अहिले डा. पंकजलाई जिल्ला प्रहरी कार्यालय जलेश्वरको हिरासतमा राखिएको छ। नेहाले भने आफूलाई कुटपिट गरी घर निकाला सासू र ससुराको पनि संलग्नता रहेकाले उनीहरूलाई पनि पक्राउ गर्नुपर्ने माग गरेकी छन्।

मंगलबार दिउँसो डा. पंकजको घरमा बस्न उनकी श्रीमती नेहा चाैधरी पुगेकी थिइन्। तर घरमा पस्न नदिएपछि नेहा गेट अगाडी धर्ना बसिन। त्यसपछि प्रहरीले उनका श्रीमान् डा. पंकजलाई पक्राउ गरेको बुझिएको छ।

डा. पंकज पक्राउ परेपछि उनका परिवारका सबै फरार भएका छन्। अहिले घरको गेटमा ताला झुन्डिएको छ। गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पंकजबीच विवाह भएको थियो।

विवाहमा नेहाका परिवारले नगद र सुनचाँदी गरी १ करोड बढी रुपैयाँ दाइजो दिएको थियो। पंकजले काठमाडौंमा घर दाइजो नपाएको भन्दै श्रीमती नेहालाई कुटपिट गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट