Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

काठमाडौँमा घर दाइजो माग्दै श्रीमती कुट्ने डा. पंकज पक्राउ, सासू-ससुरा फरार

२०७९, २८ मंसिर बुधबार ०६:०७

मङ्सिर २८, काठमाडौँ | दाइजोकै निहुँमा श्रीमती (नेहा चाैधरी)लाई कुटपिट गरी घरबाट निकाला गरेका डा. पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरीको रामगोपालपुर ५ का ३५ वर्षीय डा. पंकजलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पङ्गेनीले बताए।


उनीविरुद्ध घरेलु हिंसा र दाइजोविरुद्धका मुद्दा चलाइनेछ। आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। अहिले डा. पंकजलाई जिल्ला प्रहरी कार्यालय जलेश्वरको हिरासतमा राखिएको छ। नेहाले भने आफूलाई कुटपिट गरी घर निकाला सासू र ससुराको पनि संलग्नता रहेकाले उनीहरूलाई पनि पक्राउ गर्नुपर्ने माग गरेकी छन्।

मंगलबार दिउँसो डा. पंकजको घरमा बस्न उनकी श्रीमती नेहा चाैधरी पुगेकी थिइन्। तर घरमा पस्न नदिएपछि नेहा गेट अगाडी धर्ना बसिन। त्यसपछि प्रहरीले उनका श्रीमान् डा. पंकजलाई पक्राउ गरेको बुझिएको छ।

डा. पंकज पक्राउ परेपछि उनका परिवारका सबै फरार भएका छन्। अहिले घरको गेटमा ताला झुन्डिएको छ। गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पंकजबीच विवाह भएको थियो।

विवाहमा नेहाका परिवारले नगद र सुनचाँदी गरी १ करोड बढी रुपैयाँ दाइजो दिएको थियो। पंकजले काठमाडौंमा घर दाइजो नपाएको भन्दै श्रीमती नेहालाई कुटपिट गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी