2026-06-25 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

अनियमित लोडसेडिङ्ग बिरुद्धको दास्रो दिनको प्रर्दशनमा प्रहरीको हस्तक्षेप

बैशाख २४, वीरगंज । मधेसवादी दल वीरगंजका सक्रिय नेताहरु एवं वीरगंजका
जिम्मेवार नागरिकहरुले आज दोस्रो दिन पनि नेपाल बिद्युत प्राधिकरण केन्द्र वीरगंज शाखाको मुल गेटमा
धर्ना एवं प्रर्दशन गरेका छन् । बिगत केही हप्ता देखि नेपाल बिद्युत प्राधिकरण वीरगंज बितरण केन्द्रले
गर्दै आएको अनियमित बिद्युत कटौती र लोडसेडिङ्ग अन्त्यको लागि वीरगंजका नेता एवं नागरिकहरुले दास्रो दिन
पनि आज प्रर्दशन गरेका छन् ।
parsa 1

सदभावना पार्टी पर्साका युवा नेता ओमप्रकास सर्राफको
नेतृत्वमा वीरगंज पावरहाउस चौकमा रहेको प्राधिकरणको मुल गेट अगाडि लोडसेडिङ्ग अन्त गर, अनियमित बिद्युत
कटौती बन्द गर,बिद्युत आपुर्ति सहज गर ,बिद्युतमा भेदभावन बन्द गर जस्ता नारा लगाउदै प्राधिकरणको मुल
गेटमा बिहान १० बजे देखि १२ बजे सम्म २ घण्टा प्रर्दशन गरिएको थियो ।
parsa 2

प्राधिकरण अगाडि धर्ना अर्थात बिद्युत सत्याग्रह गरिरहेका नेताहरुमाथि वडा प्रहरी कार्यालय
श्रीपुर वीरगंजका प्रमुख प्रहरी निरिक्षक शेख अदालतको नेतृत्वमा गएको टोली धर्नाकारीमाथी जाइ लागेको
थियो । धर्ना समापन पछि कोण सभालाई सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी, राष्ट्रिय मधेस
समाजवादी पार्टी पर्साका सचिव धर्मेन्द्र पटेल,सदभावना युवा मंचका पर्सा जिल्ला अध्यक्ष शेख
मुन्ना,नेपाल ज्योतिष परिषदका केन्द्रिय सदस्य ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुवे, सदभावना पार्टी
पर्साका सचिव राजेश साह ,पब्लिक एन्टी करपसन पर्साका सचिव दिपक सर्राफ, लगायतकाले सभालाई सम्बोधन गर्दै
नेपाल सरकार र बिद्युत प्राधिकारणको मिलोमतोमा वीरगंज लगायत यस आसपासका क्षेत्रमा व्यापक रुपमा
बिद्युतको अनियमितता भइरहेको आरोप लगाएका थिए ।
parsa 3

शान्तिपुर्ण धर्ना एवं प्रर्दशन कार्यक्रममा प्रहरी
प्रशासन गरेको हस्तक्षेपको कडा बिरोध गरेका थिए । वक्ताहरुले लोडसेडिङ्ग व्यवस्थापन नभए सम्म आन्दोलन
जारी राख्ने र आवश्यकता अनुरुप आनन्दोलनको स्वरुप परिर्वतन गर्ने कार्यक्रम संयोजक एवं युवा नेता
ओमप्रकास सर्राफले बताए ।

parsa 4

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ