पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>पुस ६, कञ्चनपुर | </b>नाबालिका छोरी बलात्कारको आरोपमा कञ्चनपुरको दोधाराचाँदनीमा एकजना पक्राउ परेका छन्। आफ्नै १० वर्षीया नाबालिका छोरी बलात्कारको आरोपमा दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बाबु पक्राउ परेका हुन्। <br></p><p>जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले छोरी बलात्कारको घरपरिवारबाटै मौखिक उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए।</p><p>उनका अनुसार बालिकाको स्वास्थ्य चेकजाँचका साथै ती पुरुषलाई राति नै पक्राउ गरी अनुसन्धान थालिएको छ।</p>

