१६ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र

९ पुष २०७९, शनिबार ०५:२०

पुस ९, पाल्पा | पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वतलगायत जिल्लाका किसानको कृषिउपज भण्डारण गर्न निर्माण सुरु गरिएको चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र छ । 
तानसेन नगरपालिका–७ बाघखोरमा दुई वर्षमा सक्ने गरी निर्माण सुरु भएको चिस्यान केन्द्रको १० वर्षमा २७ प्रतिशत मात्र काम सकिएको छ । तेत्तीस फिट अग्लो, २६ मिटर लम्बाइ र १४ मिटर चौडाइको चिस्यान केन्द्र, दुई हजार टन कृषिउपज राख्न सकिने क्षमताको छ । भारतीय राजदूतावासको सहयोगमा निर्माण थालिएको हो । रु चार करोड ९९ लाख ९१ हजार नौ सय पाँचमा सम्झौता भएको थियो । विसं २०६९ फागुन २३ गते सम्झौता गरेको निर्माण कम्पनीले २०७१ जेठ २३ गते काम सक्ने लक्ष्य थियो । दश वर्षमा निर्माण कम्पनीले २७ प्रतिशत मात्र भौतिक प्रगति गरेको तानसेन नगरपालिकाका प्राविधिक टीकाराम सोमैले जानकारी दिनुभयो । “निर्माण कम्पनीले काम नै गरेन, पाँच पटक म्याद थप गरिसकेका छौँ”, सोमैले भन्नुभयो, “फेरि म्याद थपको लागि आएको छ, काम गर्छन् भन्नेमा विश्वस्त हुन सकिएको छैन ।”
यस क्षेत्रमा तत्काल बजारमा खपत हुनेभन्दा बढी उत्पादन भएका तरकारी, फलफूल, अदुवा, दूधलगायत कृषि उत्पादन भण्डारण गर्न किसानको मागअनुसार केन्द्र निर्माण सुरु गरिएको थियो । तानसेनमा सो केन्द्र निर्माण पछि उत्साही यहाँका कृषक निर्माण कार्यमा भएको ढिलाइले पुनः निरुत्साही भएका छन् । 
निर्माण कम्पनी हिमडुंग एन्ड थोकर र जय रक्तकाली जेबीले तानसेन नगरपालिकाबाट रु दुई करोड वढी रकम भुक्तानी लगेका छन् । आर्थिक सहयोग गरेको भारतीय राजदूतावासले चिस्यान केन्द्रको अवलोकन गरेको छ । दूतावासका द्धितीय सचिव प्रशान्त सोनाले निर्माण कार्य सुरु गर्न अनुरोध गर्नुभएको तानसेन नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले जानकारी दिनुभयो । समयमा काम सम्पन्न नभएपछि तानसेन नगरपालिकाले पूर्वनिधारित क्षतिपूर्ति रु ४८ लाख रकम तिर्न निर्माण कम्पनीलाई पत्राचार गरेको थियो । 
पूर्वनिर्धारित योजना र सम्झौताअनुसार काम नगरेको भन्दै पटकपटक परिपत्र गर्दै आएको नगरपालिकाले अन्य कम्पनी छनोट गरेर भए पनि योजना सम्पन्न गर्ने उल्लेख गरेको छ । प्रवक्ता यादवसिं कार्कीले नपुग रकम नगरपालिकाबाट थप गरेर भए पनि निर्माण सुरु गरिने बताउनुभयो । “तानसेनको गौरवसँग जोडियो, निर्माण कम्पनी परिवर्तन गरेर भए पनि काम सम्पन्न गर्छौं”, प्रवक्ता कार्कीले भन्नुभयो । पाल्पा कृषि क्षेत्रको उर्बर भूमि हो । यहाँका किसानले सुन्तला, अकबरे खुर्सानी, अदुवाजस्ता कृषिउपजबाट करोडौँको व्यापार गर्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले पार्टी कार्यालय जग्गा विवाद: हेर्न नभ्याउने हुँदै सुनुवाइ फेरि स्थगित कीर्तिपुरको मतगणना आजै रातिदेखि सुरु हुने रविको बयान आज पनि सकिएन, भोलि सकेर पोखरा पठाइने खेलकुद मन्त्रालय चलाउन गार्हो भयो ः मन्त्री चौधरी हेटौंडा–१२ सिक्रेनी केन्द्रमा २६ सय २९ मत खस्यो गिभिनाको परिवारमा शोकैशोक: एक हप्तामा दुई वियोग नेपालले बंगलादेशलाई दियो १४२ रनको लक्ष्य कीर्तिपुरमा ११ हजार मतदाताले गरे मतदान रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा ४ जनाको मृत्यु बालिकाहरुलाई तरुनी हुन नदिउ : अनुराधा कोइराला नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा बङ्गलादेशविरुद्ध नेपालले २१ ओभरमा बनायो ६१ रन सरकारी वकिल कार्यालय रविको बयान जारी, आजै पोखरा फर्काइने तयारी यू–१९ एसिया कप: नेपालको दुई विकेट पतन, मयान ४ रनमा आउट हुँदा अर्जुन डकआउट उपनिर्वाचन : बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो आज आइतबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ? कीर्तिपुरमा रिक्त पदका लागि मतदान जारी जनकपुरधाममा विवाह पञ्चमीको साताव्यापी महोत्सव शुरु यू-१९ एसिया कपमा‌ नेपालले आफ्नो दोस्रो खेल आज बंगलादेशसँग खेल्दै यस्तो रहेको छ, आज विदेशी मुद्राको विनिमय दर