2026-09-12 02:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

सम्पत्तिका लागि छोरा र ज्वाइँकै योजनामा बुवाको हत्या

पुस २०, काठमाडौँ | धनुषाको मुखियापट्टी मुसहरनियामा धनुक दासलाई गोली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले छोरा र ज्वाइँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पुस ९ गते साझ साढे ७ बजे धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका—२ का ४० वर्षीय धनुक दासलाई गोली प्रहार गरी हत्या गरेको आरोपमा छोरा प्रदीप दास, ज्वाइँ उदय दास र गोली प्रहार गर्ने रञ्जित यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर साह नेतृत्वको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त प्रहरी टोलीले हत्यामा संलग्न भएकालाई पक्राउ गरेको हो ।

बुवाले दोस्रो विवाह गरेको र दोस्रो श्रीमतीबाट छोरी जन्मेपछि सम्पत्ति बाँडिने भएपछि जेठी श्रीमतीको छोरा र ज्वाइँले ५ लाख भारतीय रुपैयाँमा हत्या गराउने योजना बनाएको प्रहरीले जनाएको छ । हत्याको योजना बनाएको आरोपमा पक्राउ परेका ज्वाइँ उदय नेपाल प्रहरीका सहायक हवल्दार हुन । उनी अहिले मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा सवारी चालक हुन् ।

धनुक दासलाई गोली प्रहार गरी हत्या भएको ३ दिनपछि उदयले गोली प्रहार गर्ने रञ्जितलाई ५ लाखमध्येको ३ लाख रुपैयाँ दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । हत्या आरोपमा पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि म्याद लिने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस