2026-09-11 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

राष्ट्रिय हिन्दू एकता मञ्चको केन्द्रिय सदस्यमा पंडित पुरुषोत्तम दुवे नियुक्त

बैशाख २९, वीरगंज । राष्ट्रिय हिन्दू एकता मञ्च नेपाल
केन्द्रिय कार्य समितीको बैठकले ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुवेलाई केन्द्रिय सदस्यमा मनोनित
गरेको छ । दुवे हिन्दू धर्म एवं संस्कृति रक्षाको लागि वीरगंज लगायतका क्षेत्रमा सक्रिय भुमिका निर्वाह
गर्दै आएको हुनाले वहाँलाई केन्द्रिय सदस्यमा मनोनित गरिएको राष्ट्रिय हिन्दू एकता मञ्च नेपालका
केन्द्रिय प्रचार प्रसार बिभाग प्रमुख ठुलीबाबा खड्काले बताए ।
parsa
खड्काका अनुसार नव नियुक्त केन्द्रिय सदस्य दुवेलाई हिन्दू धर्म
रक्षा एवं संस्कृति जर्गेणाका लागि बिभिन्न समितीहरु गठन गर्ने एवं संगठन बिस्तार गर्ने समेतको अधिकार
दिइएको बताए । राष्ट्रिय हिन्दू एकता मञ्च नेपालले हिन्दू धर्मको मर्म जनमानसमा बुझाउदै नेपाल
राष्ट्रलाई वैदिक सनातन हिन्दू राष्ट्रको निरन्तरता कायम गराउन र वैदिक सनातन हिन्दू धर्म संरक्षण महा
अभियानमा नेतृत्वदायी भुमिका निर्वाह गर्न सो जिम्मेवारी दुवेलाई दिएको र सो संस्थाको मुख्य वटम लाईन
भएको खड्काले बताउनुभयो ।

नव नियुक्त केन्द्रिय सदस्यको दायित्व पत्र बुझदै दुवेले आफुलाई
संगठनले दिएको जिम्मेवारी ईमन्दारीपुर्वक निर्वाह गर्ने र हिन्दू धर्म रक्षाको लागि आफु कुनै किसिमको
त्याग र कुर्वानीको लागि तयार रहेको बताए । वीरगंज उपमहानगरपालिका वडा नं. १४ निवासी दुवे नेपाल ज्योतिष
परिषदको केन्द्रिय सदस्य एवं विश्व हिन्दू परिषद पर्साको अध्यक्ष समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस