१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्सामा निस्सासिएर दुई जना भारतीय नागरिकको मृत्यु

२७ पुष २०७९, बुधबार ११:५७

पुस २७, पर्सा । पर्सामा निस्सासिएर दुई जनाको मृत्यु भएको छ। 

वीरगञ्ज महानगरपालिका-२२ जगरनाथपुर त्रिपति ट्रेडिङ एन्ड सप्लायर्स कोइला डिपोमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए। भारत बिहार मोतीहारी जिल्‍ला थाना रक्सौलका २९ वर्षीय पवित्र गिरी र ३० वर्षीय मिथलेश यादवको मृत्यु भएको हो। यादव उक्त डिपोमा म्यानेजर हुन्। उनीहरू उक्त डिपोको रेखदेख गर्न एकतले पक्की भवनमा बस्दै आएका थिए। 

दुबै जना उक्त कोठामा सुतेकोमा बुधबार बिहान १० बजेसम्म पनि उनीहरूले ढोका खोलेनन्।  ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो। उक्त खबर पाएपछि प्रहरीले ढोका फोडेको थियो। त्यतिञ्जेल उनीहरूको मृत्यु भइसकेको डिएसपी गिरीले बताए। घटनास्थलमा हेर्दा उनीहरूले कराइमा कोइला बालेर झ्याल ढोका बन्द गरी सुतेका थिए। कोठामा अक्सिजन कमी भएर उनीहरूको मृत्यु भएको हो। प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन