Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दशरथचन्द नगरपालिकाद्वारा खेलाडीलाई भत्ता

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ १७, काठमाडौँ | बैतडीको दशरथचन्द नगरपालिकाले स्थानीय महिला खेलाडीलाई भत्ता दिँदै आएको छ । नगरपालिकामा  जारी नगरस्तरीय  महिला टी–२० क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीलाई भत्ता दिइरहेको हो ।

प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन प्रत्येक खेलमा  खाजा खर्चस्वरुप जनही एक सय ५० का दरले नगद दिने गरिएको  दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भूपेन्द्र चन्दले  जानकारी दिनुभयो ।

नगरपालिकाले पहिलोपटक खेलाडीको हौसला र सम्मानस्वरुप प्रत्येक खेलमा खाजास्वरुप भत्ताको व्यवस्था गरेको हो । नगरपालिकाले खाजा खर्चस्वरुप भत्ताको व्यवस्था गरेपछि खेलाडीहरु पनि खुसी भएका छन् ।

खेलाडीको सम्मानस्वरुप भत्ता व्यवस्था गर्दा निकै खुसी लागेको दनपा–२ देहिमाडौँका खेलाडी पिङ्की बोहराले बताउनुभयो । खाजा खर्चवापत दिँदै आएको भत्ताले आफूहरुलाई खेलमा हौसला मिलेको र उक्त रकमले आफूले चाहेअनुसारको खाजा खान पनि सहज भएको बोहराको भनाइ छ ।

दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको  प्रतियोगिता मङ्गलबार सम्पन्न हुँदैछ । शहीद दिवसका अवसरमा  शहीद दशरथचन्दको जन्मनगरमा  आयोजित प्रतियोगितामा सात टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

यस्तै प्रतियोगितामा ‘ओमेन अफ द सिरिज’लाई तीन हजार, ‘बेष्ट बलर’ र ‘बेष्ट ब्याट्स ओमेन’लाई  १५÷१५ सय, अनुशासित टोलीलाई तीन हजार र ‘ओमेन अफ म्याच’लाई ट्रफी प्रमाणपत्र दिइने जनाइएको  छ ।

समापन समारोहमा नगरपालिकाभित्रका अन्तर्राष्ट्रिय खेलाडीलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिने जनाएको छ ।

यसअघि नगरपालिकाले ब्याडमिन्टनका राष्ट्रिय खेलाडीलाई पनि सम्मान गरेको थियो । खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको र महिलाहरुको क्रिकेट खेलतर्फ रुचि बढाएर दक्ष खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिताको आयोजना गरिएको नगरपालिकाका प्रमुख पुष्करराज जोशी लख्खाभाइले बताउनुभयो ।

निकट भविष्यमै नगरपालिकाले सबै खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको नगर खेलकुद विकास समिति अध्यक्ष चन्दको भनाइ छ ।