३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

तिन दिने निशुल्क स्वास्थ्य शिबिर समपन्न

३० फाल्गुन २०७२, आईतवार ११:४०

अभिमनु पटेल/फागुन ३०, रौतहट । मधेशी जनतामा रहेका पहाडीयाहरुले बर्षौदेखि
शोषण मात्रै गर्दै आएको भन्ने प्रबृतिलाई चिर्दै पहाडिया समुदायले पनि मधेश तथा मधेशी जनतालाई सहयोग
गर्छन भन्ने सन्देश दिएको मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रि)का बरिष्ट उपाध्यक्ष रामेश्वर राय
बताएका छन ।

सर्लाहीको खोरीया गाबिस स्थित चक्करघटा बजारमा गत
बिहिबार देखि संजिबनी प्रतिष्ठानको आयोजनामा सञ्चालन गरीएको शिबिरको समापनकार्यक्रम बोल्दै यादवले
निशुल्क शिबिरले बिगत छ महिना देखि चल्दै आएको मधेश आन्दोलन र मधेशमा भएका केही साम्प्रदायिक हिंसाका
बिच पनि मधेशी काठमाण्डौ २५ जनाको टोली मधेशको गाउँघरसम्म आई निशुल्क शिबिरमा सेवा दिनु आफै एउटा
चुनौतीपुर्ण काम रहेको टिप्पणी गरे ।

तिनदिने निशुल्क स्वास्थ्य
शिबिरमा खोरीया, गोइयाहि, बेल्ही, पडरीया, सुन्दरपुर मदनपुर र मोतिपुरका लगभग छ हजार बिरामिको स्वास्थ्य
उपचार गरीएको अल्का अस्पतालका अध्यक्ष कुमार थापाले जानकारी गराए । सो शिबिरमा जनरल फिजिशियन तथ
ग्याटोलोजी, छाला तथा यौन रोग, आँखा रोग प्रसुती सेवा लगायत निशुल्क प्याथोलोजी सेवा पनि सञ्चालन गरीएको
डा. थापाले बताउदै सो शिबिरमा उपचार गरीएको सम्पुर्ण बिरामीहरुलाई २५ लाख बराबरको औषधि निशूल्क बितरण
गरीएको जानकारी दिए ।

सोही शिबिरमा संजिवनी प्रतिष्ठानका
कोषाध्यक्ष बिक्रम रायले यो शिबिरले पहाडलाई अप्ठेरो पर्दा मधेश चाहिने तथा मधेशमा समस्या हुदाँ पहाड
चाहिने भन्ने संन्देश दिएको बताउदै संजिबनी प्रतिष्ठानले बनाउन लागेको २५ सैयाको अस्पतालले यस बरपरका
करीब २० गाँउ लाभान्वित हुने बताए ।

मधेशी जनअधिकार फोरम नेपाल
(लोकतान्त्रिक )का बरीष्ट अपाध्यक्ष रामेश्वर रायको बिषेश पहलमा अल्का अस्पतालको सह आयोजना तथा लाएन्स
कल्ब अफ अल्का, लियो कल्ब अफ अल्काको प्राबिधिक सहयोग तथा प्यारी मातृभुमि सामुदायिक बिकास केन्द्रको
समन्वयमा सञ्चालन गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली