अभिमनु पटेल । बैशाख ७, रौतहट । आज रौतहटको दिपही गाउँमा आगलगीबाट पिडीत भएका
जनताहरूमा पूर्व प्रहरी महानिरीक्षक प्रदीप शम्शेर जबराले नगद र खाद्यान वितरण गर्नु भएको छ ।
राष्ट्रिय मधेश समाजवादी पार्टीको राष्ट्रिय उपाध्यक्षसमेत रहेका जबराले
आज दिपही गाउँमा आगलगीबाट पन्ध्र जनाको घर जलेर नष्ठ भएकाहरूलाई नगद रकम १० हजार र खाद्यान २०० केजी
चामल वितरण गरेका हुन् । उनले पिडीत जनताहरूलाई भेटेर भलाकुसारी समेत गरे ।
रौतहटमा हवाहुरीका कारण धेरै घरहरू आगलगीबाट जलेर नष्ठ भएको छ । अहिले घरहरूमा प्राय
खाना पकाउदा आगो लाग्ने गरेको छ ।