2026-08-16 10:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

तेह्रथुम समाचार: मूल्य घटेपछि अदुवाको व्यावसायिक खेती नै संकटमा

पुस २, तेह्रथुम (रासस) | जिल्लाको फेदाप गाउँपालिका–३, जलजलेका ५५ वर्षीय दयाराम भट्टराई एसएलसी सम्मको पढाइपछि २०४५ सालमा संस्कृति पढ्नका लागि बनारस जानुभयो । पण्डित बन्ने सोचमा रहनुभएका उहाँले जाँदा/आउँदा सिक्किम, दार्जिलिङ घुम्ने मौका पाउनुभयो । त्यहाँको जनजीवन र जीवनशैली पनि देख्नुभयो तर उहाँलाई आफूले पढेको विद्या र जजमानी पेसाभन्दा त्यहाँको व्यावसायिक खेती र जीवनशैलीले प्रभावित पार्यो । 

दार्जिलिङवासीले गरेको व्यावसायिक खेती देखेपछि भट्टराईले गाउँ फर्किएर आव २०४२/४३ बाटै गाउँमा अदुवा खेती अभियान चलाउनुभयो । शुरुमा उहाँ आफैँले र सँगसँगै छिमेकीलाई पनि अदुवाको व्यावसायिक खेतीमा लाग्न सुझाउनुभयो । 

विसं २०५१ तिर गाउँका धेरैले अदुवा रोपिसकेका थिए । जान्ने बुझ्नेले व्यावसायिक रुपमै अदुवाखेती लगाउन थालेका थिए । परम्परागत बालीभन्दा बढी आम्दानी दिने भएपछि भट्टराईले अदुवा खेतीलाई व्यावसायिक बनाउनुभयो र ०५२ सालमै रु ९० हजारको अदुवा बेचेको उहाँ जानकारी दिनुभयो । 

विसं०५४ सालपछि अदुवाको बजार झण्डै एक दशकसम्म निरन्तर ओरालो लाग्यो । त्यतिबेला अदुवा तीन/चार रुपैयाँ प्रति केजीले कारोबार भएको भट्टराईको गुनासो थियो । 

“मैले अदुवाखेती गरेको एतिका वर्षमा उही अदुवा प्रति केजी तीन रुपैयाँले पनि बेचेको छु।’’ उहाँले भन्नुभयो “अनि कुनै वर्ष प्रति केजी ११० रुपैयाँले पनि कारोबार गरेको छु ।” बजारमा ह्वात्तै गिरेको अदुवाको शाख ०६१ सालपछि फेरि उदायो । 

विसं २०६१ मा आफूले अदुवा रू ११० प्रति केजीले बेचेको वर्ष रू एक लाख आम्दानी भएको थियो । त्यसयता उहाँले हरेकवर्ष कम्तीमा रू ३०/४० हजारदेखि डेढ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । 

गाउँ–गाउँमा अधिक मात्रामा अदुवा उत्पादन हुन थालेपछि विसं २०७० पछि फेरि अदुवाले बजार पाउन छाडेको उल्लेख गर्दै भट्टराईले २०७१ सालमा अदुवाको मूल्य प्रतिकिलो पुनः ३–४ रुपैयाँमा झरेको बताउनुभयो । सो वर्ष धेरैले अदुवाबारीमै राख्दा–राख्दै कुहिएको पनि थियो । त्यसयता भट्टराईले अदुवाको बजार पर्खिएर सोहीअनुसार खेती लगाउँदै आउनुभएको छ । 

यो वर्ष भट्टराईले बीउका लागि मात्रै अदुवा रोप्नुभएको छ । यो वर्ष आफूले दुई क्वीन्टल मात्रै रोपेको र त्यसबाट करिब १५ क्वीन्टल उत्पादन हुने उहाँको अनुमान छ । त्यसले आफूसहित माग गर्ने अरु कसैलाई समेत बीउको रुपमा काम गर्ने उहाँले बताउनुभयो । 

“गतवर्ष पनि खासै भाउ थिएन, योवर्ष पनि अदुवाको याम शुरु हुँदै निकासीमा समस्या छ, खासै भाउ नपाउला, त्यही भएर मैले बीउका लागि मात्र खेती गरेको हूँ,” भट्टराईले भन्नुभयो । 

विसं २०५१ सालयता अहिलेसम्म निरन्तर अदुवाखेती लगाउँदै आउनु भएका उहाँ गाउँमा अदुवा विशेषज्ञ जस्तै हुनुभएकाले उहाँलाई अदुवाखेतीका अभियन्ताको रुपमा चिनिन्छ । जलजले गाउँका झण्डै पाँच सय बढी घरधुरीले अहिले अदुवाखेती लगाएका छन् । 

भट्टराईलाई गतवर्ष जिल्ला कृषि विकास कार्यालयले उत्कृष्ट कृषक पुरस्कारबाट समेत सम्मान गरेको थियो । 

केही वर्षयता अदुवामा रोगको संक्रमण बढेकाले नेपाली अदुवाको गुणस्तर घटेको भट्टराईले बताउनुभयो । गुणस्तर घटेपछि अन्तर्राष्ट्रिय बजारमा अदुवाको माग घटेको उहाँको बुझाइछ । त्यसकारण अदुवाको मूल्य घटेकाले अदुवाको व्यावसायिक खेती संकटमा परेको भट्टराईले जानकारी दिनुभयो । 

गाउँमा अदुवासहित कृषि कर्ममै लागौँ भनेर ‘रुखो, पाखो बचाऔँ, एक पटक श्रम देउ, फिर्यो भने लिन जाउ’ भन्दै अभियान थाल्नुभएका भट्टराईको गाउँ अहिले हरियाली भएको छ । उहाले भन्नुभयो, ‘पहिले हाम्रो मेहेरबुङ गाउँको नाम सुन्दै कहालिलाग्दो अवस्था थियो, न पानी थियो, न हरियाली, रुख बुट्टा नै ।’ गाउँका अधिकांशले पाखो बारी खनजोत गरेर बाली लगाएपनि उत्पादन भने हुँदैनथ्यो । उहाँले त्यही उत्पादन नहुने जमिन बाँझो जमिनलाई विकास गर्न भन्नुभयो, अनि त्यो बाँझो पाखामा अम्रिसोलगायत नगदेबाली लगाउन सुझाउनु पनि भयो । अहिले मेहरबुङमा खानेपानीका मुहान रसाएर स्थानीयवासीलाई पानी पुग्दो भएको भटृराईले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट