२ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मुस्ताङका कृषकलाई स्याउका बिरुवा वितरण

१४ माघ २०७४, आईतवार ०६:५२

माघ १४, मुस्ताङ | मुस्ताङका स्थानीय तहले कृषकलाई यस वर्ष २५ हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरेका छन् । 

स्याउ खेती विस्तारका लागि बाहगाउँ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई २५ हजार ५०० स्याउका बिरुवा वितरण गरेका हुन् । घरपझोङले १० हजार, बाहगाउँ मुक्तिक्षेत्रले १५ हजार र थासाङले ५०० वटा स्याउका बिरुवा वितरण गरेको जनाएका छन् । गाउँपालिकाको कृषि शाखामार्फत कृषकलाई स्याउका बिरुवा वितरण गरिएको हो । रु ४५ मूल्य पर्ने स्याउका बिरुवा कृषकलाई रु २२ मा उपलब्ध गराइएको घरपझोङ गाउँपालिकाका कृषि प्राविधिक बिमल खत्रीले बताउनुभयो । 

उहाँका अनुसार कृषकलाई स्याउ बगैँचा सरसफाइका लागि नीलो तुथो, स्प्रे, सिकेचर, करौँटीलगायत औजारसमेत उपलब्ध गराइएको छ । थासाङ गाउँपालिकाले स्याउका साथै ५०० वटा ओखरका बिरुवासमेत वितरण गरेको छ । रु २७ मूल्य पर्ने ओखरका बिरुवा रु १३ मा उपलब्ध गराइएको हो । यसअघि जिल्ला कृषि विकास कार्यालयले सञ्चालन गर्दै आएको कार्यक्रम राज्य पुनःसंरचनालगत्तै स्थानीय तहका शाखामार्फत हुन थालेको छ । 

स्थानीय तहले कृषकको आयआर्जन वृद्धि र रोजगारी सिर्जनाका साथै स्याउको उत्पादन बढाउन खेती विस्तारमा जोड दिएको बाह गाउँ मुक्तिक्षेत्र गाउँपालिकाको कृषि शाखाकी नायब प्राविधिक सहायक मनिता तामाङले बताउनुभयो । मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले उत्पादन गरेको बिरुवा खरिद गरेर कृषकलाई उपलब्ध गराइएको तामाङले बताउनुभयो । मुस्ताङका कृषक हिजोआज नयाँ बिरुवा लगाउने, स्याउ बगँैचाको काँटछाँट, सरसफाइ र व्यवस्थापनको काममा व्यस्त छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकका मागलाई शीघ्र सम्बोधन गर्नुपर्ने अध्यक्ष प्रचण्डको जोड कैलालीको मोहना नदीमा डुबेर २ किशोरको मृत्यु कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई मातृशोक बारीमा उम्रिएको च्याउ खाँदा तनहुँमा १० जना बिरामी तीनकुनेमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु काठमाडौंका यी स्थानमा आज बिजुली काटिंदैछ तिब्बत र आन्ध्र महासागरमा आज बिहान गयो भूकम्प मौलिक संस्कृति नै नेपालीको जग हो :- प्रधानमन्त्री ओली यस्तो छ आज, विदेशी मुद्राको विनिमयदर मौसम : आज देशका यी स्थानमा वर्षा र हिमपातको सम्भावना ‘मूर्ति चोर को हो ? वंश मास्ने को हो ?’ भन्दै दिवा स्वप्न नदेख्न पूर्वराजालाई प्रचण्डको चेतावनी नेपाली बजारमा आईफोन १६ सिरिजको मूल्य घट्यो, यस्तो छ पछिल्लो मूल्य सूची अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ हिजो साँझ काठमाडौँ आएको अमेरिकी एयरफोर्सको विमान फर्कियो, किन आएको थियो? मन्त्री पाण्डेलाई कारबाही माग गर्दै सांसद बजगाईंद्वारा कांग्रेस केन्द्रीय अनुशासन समितिमा उजुरी पावर बैंकका कारण विमान दुर्घटना ! दैलेखमा रुखले थिचेर दुई जनाको मृत्यु युगान्डामा नेपालको दोस्रो जित, हङकङलाई ६ विकेटले हरायो महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’ व्यक्त