Skip to content
Friday, July 17, 2026 Nepali Online Media

गुल्मीमा पहिलो पटक कपि उद्योग सञ्चालन

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार | कात्तिक ३, गुल्मी । वुटवल लगायतका विभिन्न ठुला शहरबाट महँङ्गो मुल्यको कपि किनेर मारमा परेका गुल्मीका विद्याथी, शैक्षिक संस्था र अन्य कार्यालय तथा संघ संस्थाहरुका लागि अब खुशीको कुरा आफ्नै जिल्लामा उत्पादित सर्व शुलम  मुल्यको कपि प्रयोगमा ल्याउन पाईने भएको छ ।

गुल्मी यसरी पहिलो पटक कपि उद्योग सञ्चालन गर्ने व्यक्ति हुन्  तम्घासको भिमचोकमा वर्षऔं अघि देखि नेपाल प्रिन्टीङ्ग पे्रस सञ्चालन गर्दै आएका हरिबहादुर जिसी । उनले भारतबाट अध्याधुनिक मेशिन र दक्ष मिस्त्री मगाएर तम्घासको धागुथुममा रेसुङ्गा कपि उद्योग हालै सञ्चालनमा ल्याएका हुन् ।

करिव ७०  लाख लाखतमा सञ्चालनमा ल्याईको उद्योगमा दैनिक ५ हजार थान कपि उत्पादन हुने र जिल्ला भित्र नभई छिमेकी जिल्ला अर्घाखाँची , वाग्लुङ्ग र पाल्पाको वल्लो भेगलाई समेत वजार थेक्ने लक्ष्य लिईएको कपि उद्योगपति जिसीले जानकारी दिई ।

उनले दिएको जानकारी अनुसार फोनको भरमा प्रत्येक विद्यालय, संघ संस्थाहरुमा होमडेलिभरी सेवा पुराईने छ । वोर्डिङ्ग स्कुलहरुलाई चाहिने रुल कपी , प्रश्न पत्र, लगायत सवै प्रकार र आकारका गुण स्तरिय कागजमा रंगिन र साधा कपिहरु उत्पादन गरिएको छ ।

त्यस्ता कपिहरुमा विद्यालय वा कुनै संघ संस्थाले आ–आफ्नो संस्थाको लोगो नाम र अन्य विवरणहरु गातामा प्रिन्ट समेत  गरिने छ । कपि उद्योग सञ्चालन लगत्तै विविन्न विद्यालयहरुबाट धमाधम अर्डर वुकिङ्ग गर्न थालिएको जिसीले बताए ।

जिल्लामा अभाव खड्किएको कपि उद्योग पहिलो पटक सञ्चालनमा ल्याएकोमा जिल्लाका सम्पुर्ण सामाजिक संघ संस्थाहरुको तर्फबाट गैह्र सरकारी महासंघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जिसीलाई धन्यबाट प्रकट गर्दै सफलताको शुभेच्छा व्यक्त गरेका छन् ।