प्रेम सुनार । कात्तिक १२, गुल्मी | स्थानिय निकायको पुनरसंरचना पछि अब गुल्मीको अर्खवाङ्ग, पुर्कोटदह जस्ता विकट गाउँहरु सदरमुकाम तम्घासभन्दा शहरिकरणमा परिणत हुने छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार । कात्तिक १२, गुल्मी | स्थानिय निकायको पुनरसंरचना पछि अब गुल्मीको अर्खवाङ्ग, पुर्कोटदह जस्ता विकट गाउँहरु सदरमुकाम तम्घासभन्दा शहरिकरणमा परिणत हुने छ"/>
2026-10-28 01:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब गुल्मीका गाउँहरु सदरमुकाम भन्दा शक्तिशाली

प्रेम सुनार । कात्तिक १२, गुल्मी | स्थानिय निकायको पुनरसंरचना पछि अब गुल्मीको अर्खवाङ्ग, पुर्कोटदह जस्ता विकट गाउँहरु सदरमुकाम तम्घासभन्दा शहरिकरणमा परिणत हुने छन् र शक्तीशाली पनि बन्दै जाने भएका छन् । ठुल्ठुला मुद्धाहरुमा समेत जिल्ला अदालत धाई रहनु पर्ने छैन् ।

माओवादीले द्धन्द्धकालमा भन्ने गरेको जनसराकार, जनअदालत अब गाउपालिका मै हुनेछ । गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा अदालती फैसला हुनेछ । स्वास्थ्य देखि सुरुक्षा निकाय, विभिन्न सरकारी कार्यालय गाउँपालिका मैं केन्द्रित हुनेछन् । स्थानिय साधन श्रोतमा जनताकै अधिकार रहनेछ ।

अहिले साना तिना झुपडी रहेका ति गाउँहरुमा ठुला ठुलाा भवन बन्ने छन् । जनताले पनि गाउँपालिकोको केन्द्र रहेको स्थानमा  हालको तम्घासमा जस्तै शानदार घर–पसलहरु बनाउने छन । अहिले सित्तैमा विक्रि गर्न चाँहदा पनि विक्रि हुन नसकेका त्यस वरीपरीका जमिनहरु  स्थानिय निकायको केन्द्र बने पछि हातका हिसावले महँङ्गो मुल्यमा विक्रि हुनेछन् ।

हालै प्रस्ताव गरिएको खाकाको टुङ्गो लागेमा दुई दिनको बाटो हिडेर सदरमुकाम धाउने गरेका ह्वाङ्गदी, अर्खवाङ्ग, दर्लिङ्गको  दुनाम गाउँ जस्ता विकट गाउँका जनता अव एक दिनमै सरकारी कार्यालयहरुको काम सकेर साँझ घर फर्किन पाउने छन् ।

विमारीहरुलाई अझै पनि दुनाम र यता अग्लुङ्ग, वाँझकटेरी लगायतका विकट गाउँका जनताले तत्काल उपचार गराउन सकेका छैनन् । कतिपय विरामी सदरमुकाम ल्याउँदा ल्याउँदै मृत्यु भएका छन, अव त्यो स्थिती आउने छैन् ।

शान्तिपुर, खैरेनी, पुर्तिघाट केन्द्र बनेमा विशेष गरी  क्षेत्र नम्वर १ का जनताले ठुलो राहत पाउने छन् । अहिलेको संरचना हेर्ने हो भने गुल्मीको उपनिवेश जस्तै मनिन्छ क्षेत्र नम्वर १ । अव त्यो स्थितीबाट मुक्त हुने छन् त्यहाँका जनताहरु । जिल्लाको पुरानो व्यापारिक केन्द्र तथा  ऐतिहाँसिक वामीटक्सार बजारले आफ्नो पुरानो अस्तीत्व फेरी फर्काउने छ । त्यो नगरपालिका बन्न वित्तिकै सदरमुकाम तम्घास भन्दा ठुलो बजार बन्न सक्ने छ ।

पुर्कोदह, धुर्कोटरजस्थल, ईस्मारजस्थल, चन्द्रकोट, यता ऐतिहाँसिक चारपाला दरवार, उता गौडाकोट, मनोरम घिउवेसी फाँट, अर्को ऐतिहाँसिक वजार पुर्तिघाट, खेरैनीको नाम वाहिरी जिल्लाका मनिसहरुको समेत ओंठमा झुण्डीने छ ।

अहिले कल्पनाको संसार जस्तो लाग्ने ति कुराहरु भोली साकार अवस्य हुन सक्छन यदि यहाँका सर्वसाधरण देखि यहाँको सवै पक्ष संयम भएर , फराकीलो मन गराए स्थानिय निकायको संरचना बनाउने जिम्मा दलका नेता र संवन्धीत सरकारी निकायलाई  दिने हो भने ।

यसर्थ ईतिहाँसमा एकचोटी आएको यो गौरवमय  घडीलाई हामी सवै पक्ष एक मत भएर साकार पार्ने तिर लागौ । यसैमा हामी र हाम्रा भावि सन्तीको  भविश्य सुनिश्चीत हुनेछ । अन्यथा खिचातानी र कलहले हामी सवैलाई पछाडी पार्ने छ, यसप्रति सवैले विवेक पुराऔं । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला