Skip to content
Friday, July 17, 2026 Nepali Online Media

गुल्मी चारपालामा धार्मिक महोत्सव २०७४ हुने

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

रामकृष्ण कडेल/कात्तिक २२, गुल्मी । गुल्मी जिल्ला दरबार देबिस्थान गाबिस( ७ स्थित दरबार देबिस्थान तथा अमर अर्बाथोकको शैक्षिक केन्द्र इश्वरी उच्च माबिको शैक्षिक तथा भौतिक सुधार गरि प्रदेश कै नमुना बिद्यालय निर्माण गर्ने उद्देश्य राखी १०८ राष्ट्र शान्ती धार्मिक महोत्सव नेपालका शङ्कल्पकर्ता गोबिन्द शरण महाराजको प्रमुख आतिथ्यतामा इश्वरी उच्च माबी चारपाला दरबारमा आज एक बृहत भेला सम्पन्न गरिएको छ ।

दरबार देबिस्थान र अमर अर्बाथोक बाट उपस्थित उक्त बृहत भेलाले गुल्मी चारपाला इश्वरी शैक्षिक तथा धार्मिक महोत्सव (२०७४ ू गुल्मी दरबार देबिस्थान ७ स्थित इश्वरी उच्च माबिको प्राङ्गणमा आउदो जेठ १५ गतेदेखि जेठ २२ गतेसम्म सन्चालन गर्ने सर्बसम्मत निर्णय गरेको छ ।इश्वरी उच्च माबीमा सम्पन्न कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार थापाको सभापतित्व रहेको थियो उक्त कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिती, शिक्षक अभिभावक सघ, शिक्षक, अबिभावक, बिद्यार्थी, स्थानीय स्वास्थ्य चौकी प्रमुख, प्रहरी चौकी प्रमुख, कृषि सेवा केन्द्र, पशु सेवा केन्द्र, अमर अर्बाथोक गाबिस सचिव, पार्टी प्रतिनिधिहरु समाजसेवी, बुद्धिजिबि लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त बृहत भेलाले ५०० भन्दा बढी सदस्य रहेको धार्मिक महोत्सव आयोजक मुल समिती गठन गरेको छ।जुन समितको मार्गदर्शकमा १०८ राष्ट्रशान्ती अभियान्ता गोबिन्द शरण महारज तेसैगरी मुल समितिको निर्देशक हरिप्रसाद कडेल, अध्यक्ष अशोक कुमार थापा, महासचिव हरिबहादुर कार्की र हरिप्रसाद अर्याल, कोषाध्यक्ष जिबलाल पौडेल लगायत रहनुभएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोबिन्द शरण महाराजले आफ्नो सक्रियतामा नेपाल भर यस्ता १०८ वटा धार्मिक महोत्सव गर्ने अभियान रहेको र हालसम्म विभिन्न जिल्लामा गरि ५२ वटा महोत्सव सम्पन्न गरिसकेको भन्दै आफ्नो सक्रियतामा नेपालका ७५ वटै जिल्लामा अन्तरास्ट्रिय मापदण्ड अनुसारका २५ वटा क्याम्पसलाइ मानक बिश्वबिद्धालय बनाउने र ५० वटा क्याम्पसलाइ प्रदेशकै नमुना शैक्षिक सस्था बनाउन आफू देशैभर लागिपरेको बताउनु भएको थियो ।

उक्त भेलामा सोही बिद्यालयका प्रधानाध्यापक हरिबहादुर कार्किले स्वागत मन्तव्य राख्नुभएको थियो भने सोही बिद्यालयका प्राध्यापक तथा शिक्षाप्रेमी ब्याक्तित्व हरिप्रसाद अर्यालले कार्यक्रमको सन्चालन गर्नुभएको थियो ।