Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यातायात सञ्चालन हुँदा स्थानीय हर्षित

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ३, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासदेखि मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङको खर्बाङसम्मका लागि नियमितरुपमा दैनिक जिप सञ्चालन भएको छ ।

सदरमुकाम तम्घासबाट बडागाउँ हँुदै मुसिकोटको रातचौर, अमिले, ढाव हँुदै बाग्लुङको खर्बाङसम्मको करिब ३९ किलोमिटर रहेको मोटरबाटोमा पहिलोपटक दैनिक एउटा जिप सञ्चालन भएको छ ।

गुल्मी यातायात व्यवसायी सङ्घले उक्त स्थानको मोटरबाटोकोे अनुगमन तथा निरीक्षण गरेपश्चात् गुल्मी यातायात व्यवसायी सङ्घले दैनिकरुपमा एउटा जिप सञ्चालन गरेको कार्यालयका प्रमुख डोलबहादुर कुँवरले जानकारी दिनुभयो ।

साथै, ग्रामीण इलाकाको कच्ची बाटोमा नियमित जिप सञ्चालन भएपछि गुल्मी तथा बाग्लुङका झन्डै एक दर्जनभन्दा बढी गाविसवासीलाई दैनिक सदरमुकाममा रहेका सरकारी कामकाज गर्न तथा आ–आफ्ना गन्तव्यसम्म यात्रा गर्न यो मोटरबाटोले सहयोग पु¥याएको छ ।

यातायात सञ्चालन भएपछि दुर्गम गाउँघरमा उत्पादित कृषि उपज तथा वस्तुले उचित बजार पाउने तथा बिक्रीवितरणमा समेत सहजता थपेपछि र आफ्नै घरआँगनबाटै गाडी यात्रा गर्न पाउँदा स्थानीय बासिन्दा निकै हर्षित भएका छन् । रासस