पढ्न करिब 1 मिनेट लाग्छ

प्रेम सुनार | फागुन ३, गुल्मी । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले गुल्मी जिल्लाको खज्र्याङ्ग बजारमा नयाँ शाखा कार्यालय खोली बित्तीय सेवा शुभारम्भ गरेको छ ।

१० जिल्ला कार्यक्षेत्र रहेको बैंकको नयाँ शाखा कार्यालय सञ्चालन पश्चात २७ वटा शाखा कार्यालय तथा २ वटा एक्सटेन्सन काउण्टर मार्फत वित्तीय सेवा प्रदान गर्नेछ । बैंकका अधिकांश शाखा कार्यालयहरु ग्रामिण क्षेत्रमा रहेको र बैंकिङ्ग सुविधाको पहुंचमा बैंकले अत्यन्त जोड दिएको जनाएको छ ।

चुक्ता पूँजी १ अर्व १० करोड रहेको यस बैंकको २०७३ पौष मसान्तमा निक्षेप परिचालन ९ अर्व २० करोड, कर्जा लगानी ८ अर्व १७ करोड र सञ्चालन मूनाफा २६ करोड ८ लाख रहेको छ भने करिव १ लाख ३० हजार ग्राहक संख्या रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताउनुभयो ।