2026-09-02 12:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुल्मीमा सिद्धार्थ डेपलप्मेण्टको कारोवार सुरु

प्रेम सुनार | फागुन ५, गुल्मी | गुल्मीको तम्घासमा आज देखि सिद्धार्थ डेवलप्मेण्ट बैंकले कारोवार सुरु गरेको छ । नेपाल सरकारको लगानी रहेको  र देशकै दोश्रो पुरानो बैंकका रुमा रहेको शिद्धार्थ बैंकले आज भव्य समारोहका  विच तम्घासको मिलन चोकमा उद्घाटन गरी कारोवार सुरु गरेको हो ।

शिद्धार्थ बैंकको गुल्मीका वयोबृद्ध नागरिक तिलकराम भण्डारीबाट उद्घाटन गराईएको थियो भने एटिएम शाईन रेसुङ्गा डेपलप्मेण्टका अध्यक्ष राजेन्द्रपसाद श्रेष्ठ र गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेद्धारा उद्घाटन गराईएको

थियो । 

उद्घाटन सत्रलाई सम्वोधन गर्दै उक्त बैंक सञ्चालक समितिका अध्यक्ष रामबहादुर भण्डारीले  ग्रामिण भेग सम्मका सर्व साधरणहरुलाई सहज बैंककिङ्ग सुविधा पुराउनका लागि गुल्मीमा शिद्धार्थ  बैंकको ३५ औं शाखाका रुपमा गुल्मीमा स्थापना गरिएको बताए । उनले शहर वजारका मात्र जग्गा धितो राखेर बैंकहरुले ऋण उपलव्ध गराउँदै आएकोमा अव शिद्धार्थ बैंकले  गाउँका कृषक र विपन्न वर्गका जमिनहरु प्नि धितोमा राखेर  ऋण उपलव्ध गराउने र त्यसबाट उनिहरुको आर्थिक अवस्थामा परिवर्तन ल्याउने मुख्य उद्देश्य रहेको बताए ।

शिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले वुटवलबाट सुरु गरिएको शिद्धार्थ विकास बैंक आज अधिराज्यभर विस्तार भएको, नेपाल सरकारको लगानी रहेको  र  नेपालको दोश्रो पुरानो विकास बैंक भएकोले ढुक्क भएर यस बैंकमा कारोवार गर्न आग्रह गरे ।

उनले शिद्धार्थ विकास बैंक बुटवलको प्रत्येक वजारमा २० मिटको अन्तरमा रहेको र गुल्मीमा पनि यस बैंक गाउँ गाउँमा शाखा माग बढ्दै जाने विश्वास व्यक्त गरे । अव छिट्टै  २ अर्व ५० करोडको कारोवार गर्ने लक्ष्य लिईएकोपुराउनु र नेपालको

बेरोजगारी समस्यालाई समधान गनु नैं शिद्धार्थ विकास बैंकको मुख्य उद्देश्य  रहेको बताए ।

यस अघि तम्घास मिलनचोकको जयराम हार्डवेयर रहेको भवनमा शिद्धार्थ विकास बैंक सञ्चालनमा ल्याईएको छ । उक्त बैंकले विपन्न वर्ग कर्जा कार्यक्रम मार्फत दलित र अन्य समुदायका विपन्न वर्गका महिला पुरुषहरुले स सानो व्यवसाय गर्न चाहे बैंकले लगानी गर्ने तम्घास शाखा प्रमुख वावुराम लम्सालले जानकारी दिए ।

गुल्मी शाखा स्थापनाका   संस्थापक  शेयर श्यामकुमार पाण्डेयले  शिद्धार्थ बैंक गुल्मी आउनु नै सवै वर्ग समुयादका लागि शौभाग्यको  विषय भएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली