२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एउटै वडा जैसीथोकमा मात्रै एक करोड बढि वजेट

२०७४, १ आश्विन आईतवार १५:४२

प्रेम सुनार | (प्रेस संयोजक) धुर्कोट गाउँपालिका ।  गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्वर ४ साविकको जैसीथोक गाविसमा यस वर्ष झण्डै एक करोड विकास वजेट विनियोजित भए पछि त्यहाँको विकास कार्यले ह्वात्तै फड्को मारेको छ । 

अघिल्लो आर्थिक वर्षमा जम्मा करिव ३० लाख वजेट पर्ने गरेको थियो तर स्थानिय तहको  निर्वाचन सकिए लगत्तै प्रचण्ड नेतृत्वको सरकारको पाला देखि एउटै वडामा यति ठुलो रकम विनियोजित भएको त्यसका वडाध्यक्ष मानबहादुर कुँवरले बताए । 

कुँवरका अनुसार यस अर्थिक वर्षमा त्यस वडाका विभिन्न विकास निर्माणमा कुल १ करोड १९ लाख रमम विनियोजित भएको छ । धुर्कोट गाउँपालिकाको गाउँ सभाले पहिलो प्राथामिकता गरिवी निवारणलाई दिएको छ । 

जस अन्तर्गत विपन्न परिवारलाई आय आर्जनमुलक कार्यक्रमका लागि सिलाई कटाई थथा आईरन तालिमका लागि १ लाख ५० हजार  विनियोजन गरिएको छ । बर्षौंदेखि जिर्ण रहेको छामथुम सिंचाई योजनाको मर्मत सम्भारका लागि ४ लाख रकम परेको छ । 

भुवान प्रतिक्षालय तथा थाम मन्दिर संरक्षणका लागि  दुई लाख, विष्णुदेवि मन्दिर खाला पँधेरा  संरक्षणका लागि २ लाख, ठाडुा मैदान गरा सिमलपाटा कुलो मर्मतका लागि १ लाख ५० हजार विनियोजन गरिएको छ । कुमारीदेवि मन्दिर क्षेत्र व्यवस्थापन तथा पार्क निर्माणका लागि १५ लाख रुपैयाँ परेको छ ।

जैसीथोक कालापोखरा खेल मैदान निर्माणका लागि ५ लाख , गोलपोखरी लाँकुरीपाटा अर्चलपोखरा मोटरबाटाका लागि १ लाख ५० हजार , लाहँटा कल्लाटा गोलपोखरी र ठुल्दी रातापोखरा काला पोखरा घोडेटो बाटो मर्मतका लागि १ लाख रुपैयाँ विनियोजन भएको छ ।

गोपे चिलिखोला विरौटा रौताडी गोरेटोबाटो मर्मतका लागि  १ लाख , भुवानी गौरावारी पिपलनेटा मोटरबाटो मर्मतका लागि ४ लाख , गोपे चिलीखोला रौताडी मोटरबाटो निर्माणका लागि ४ लाख , गोपे छिलिम्पे मोटरबाटो निर्माणका लागि ५ लाख रकम परेको छ । 

घुम्टी मानडाँडा वरबोट मोटरबाटो निर्माणका लागि ४ लाख , हिमचुली महिला समुहको भवन मर्मतका लागि १ लाख , कुमारीदेवि मन्दिर तथा सामुदायिक भवन मर्मतका लागि १ लाख ५० , जैसीगाडे लि  टी सिस्टम खानेपानी योजना पनि यसै आर्थिक वर्षबाट  १० लाख रकम विनियोजन गरेर सुरु गरिएको छ ।

हुलाको भुवना नयाँगाउँ सुन्दर पोखरा मोटरबाटो मर्मतका लागि ६ लाख पारिएको वडाध्यक्ष कुँवरले बताए । त्यस्तै नयाँगाउँ ठुल्दी राता पोखरा वोरबोट जोड्ने कार्य पनि यसै वर्षबाट सुरु गरिए पछि हिडेर तिन घण्टाको वाडो हिड्नु पर्ने ति दुवै वडाका जनता लाभान्वित हुने भएका छन् ।

त्यसका लागि १५ लाख पारिएको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले जानकारी दिए । उनका अनुसार वर्षायाममा विग्रिएको सडक ममर्तका लागि प्रत्येक वडामा तिन लाखका दरले २१ लाख रुपैयाँ विनियोजन गरेर सडक सुचारु गर्ने काम पनि भई रहेको छ । 

त्यस गाउँपालिकाकी प्रवत्ता कविता बिकका अनुसार धनमुढा नादी वरवोट सडकका लागि पनि १५ लाख रुपैयाँ परेको छ । वरवोट ईन्दिरा मावि दुवानेटा थेप्चे मोटरबाट निर्माणका लागि ८ लाख रुपैयाँ परेको छ । धुर्कोट गाउँपालिकामा यस आर्थिक वर्षमा कुल २७ करोड ६२ लाख रुपैयाँ विनियोजन भएको गाउँपालिका प्रमुख पोखरेलले जानकारी दिए ।

दुई वर्ष भित्र खरको छाना रहित घर  निर्माण गर्ने चुनावी घोषण पत्रलाई सकार पार्न यस आर्थिक वर्ष १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको गाउँ पालिका उपप्रमुख शिवबहादुर खत्रीले जानकारी दिए ।  धुर्कोट  गाउँपालिका भित्र करिव ५ सय घरधुरी खरका छाना रहेको छन् । 

ति मध्ये अधिकांस दलित र जनजाती समुदायका रहेका छन् । साविकका वाग्ला अहिलेको वडा  नम्वर ६ का दलित वस्तीले अव छि टै मुहार फेर्ने वडाध्यक्ष भिमप्रसाद पन्थी बताउँ छन् । धुर्कोट रजस्थलको दलित वस्तीमा पनि उस्तै अवस्था रहेको र त्यहाँ दलितहरु गाउँपालिकाको यो अभियानले हर्षित बनेको वडाध्यक्ष कृष्णबहादुर नेपालीले बताए । धुर्कोटको ईतिहाँसमा  दलित समुदायबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधी हुने नेपाली पहिलो ब्यक्ति हुन् । धुर्कोट वडा नम्वर २ साविकको पिपलधारामा भने दलित समुदाय भन्दा बढि जनजाती विपन्न रहेको र पछाडी परेका सवै जातजातीको उत्थानका लागि विभिन्न कार्यक्रमहरु वडामा पारिएको वडाध्यक्ष नविन जिसीले बताए । 

वडा नम्वर १ कमल थापाले पनि एक करोडकै हाराहारीमा यस वर्ष रकम विनियोजन भएको र यहि क्रमले निरन्तरता पाए आगमी ५ वर्ष भित्रमा विकासले ठुलो फड्को  मार्ने बताए । वडा नम्वर ३  हाडहाडेका वडाध्यक्ष विष्णुबहादुर श्रीस्ले बताए । 

वडा नम्वर ५ वस्तुका अध्यक्ष ढुण्डीराज भण्डारीले  विभिन्न विकास निर्माणको गतिविधीका विषयमा आज उपभोक्ताहरुको भेला आयोजना गरिएको जानकारी दिए ।  उनले अव वर्षऔं देखि जनताले चाहेर पनि गर्न नसकिएका विकास निर्माणहरु सुरु गर्न लागिएको बताए । 

आज देखि मदिरा बेच्न बन्देज 

केहि दिन अघि मदिरा नियन्त्रणका लागि निश्चित मादण्डको निर्णय गरेको धुर्कोटगाउँपालिमा आज देखि तोकेको समय वाहेक अन्य समयमा मदिरा बेच्न बन्देज गरिएको छ । गर्मीयाममा साँझ ६ देखि ८ वजे सम्म मात्रै मदिरा बेच्न पाईने र जाडोयाममा साँझ ५ देखि ७ वजे वेच्न पाईने छ  । अन्य समयमा बेचेको पाईएमा जरीवाना संगै त्यस्ता पसल समेत बन्दा गरिने कडा निर्णय भएको त्यस गाउँपालिकाकी प्रवत्ता कविता बिकले जानकारी दिईन् ।

वडा नम्वर ४ जैसथोकमा मात्रै यस्तो निर्णय गरे लगत्तै मदिर बेच्ने अनुमति लिनेहरुको सख्या बढेको त्यहाँका वडा सचिव विनोदप्रसाद पोखरेलले बताए । अहिले सम्म करिव १० वडा पसलहरुले लाईसेन्स लिई सकेको बताउँदै  पोखरेलले यसबाट राजश्वमा समेत बृद्धि हुने र विकृति विसंगतिमा समेत कमी आउने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी