२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुल्मीमा चार महिनामा राहदानीबाट झण्डै एक करोड राजस्व

२०७४, २९ कार्तिक बुधबार ०३:२९

प्रेम सुनार/कार्तिक २९, गुल्मी । पछिल्लो चार महिनाको अवधीमा गुल्मीमा राहदानी बनाउनेको संख्या बढेको छ । श्रावण मशान्त देखि कार्तिक २६ गते सम्म सरदर दैनिक २५  जनाका दरले राहदानी लिने गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालय दशै विदा सकिए पछि र तिहार विदा सकिए पछि विहान आठ वजे देखि साँझ ८ वजे सम्म पनि प्रशासनमा  खट्नु परेको थियो भन्छन् । प्र.जि.अ. अर्यालयका अनुसार अशार मशान्त देखि कार्तिक २५ गते सम्म ८३ लाख  ९३ हजार राहदानीबाट राजश्व संकलन भएको छ । 

जिल्ला प्रशासनकी लेखापाल सुष्मा मरासीनीका अनुसार श्रावण महिनामा १८ लाख १५ हजार राहदानीबाट राजश्व संकलन भएको थियो । भाद्र महिनामा १३ लाख २० हजार , दशै ताका आश्विन महिनामा ह्वात्तै बढेर २७ लाख ५ सय राजश्व संकलन भएको थियो । 

कार्तिक १ गते देखि २८ सम्म २४ लाख ३० हजार ५ सय राजश्व संकलन भएको थियो । दैनिक १ लाख देखि २ लाख ८० सम्म राजश्व संकलन भएको  छ । आश्विन २२ गतेका दिन गत एक वर्षको अवधीमा सम्म सवै भन्दा धेरै जनाले राहदानी लिएका थिए ।

उक्त दिन सवै भन्दा बढि २ लाख ७० हजार ५ सय राजश्व संकलन भएको थियो । कम्तीमा पनि एक दिनमा राहदानीबाट एक लाख भन्दा कम नहुठेको प्र.जि.अ. अर्यालय बताउँ छन् । राहदानी फाँट प्रमुख भुवन बस्नेतका अनुसार देश विदेशमा आफन्तले बोलाएर भेट्न विदेश जाने बृद्ध बृद्धाहरुको संख्या पनि बढ्दै गएको छ । 

आमाले घर छाडेर  विदेश हिडेका तिन चार वर्षका वालवालिका समेत राहदानी बनाएर अभिभावक मार्फत विदेश जाने गरेका छन् ।  करिव ५ प्रतिशत आफन्त भेट्न र सिमित समयका लागि घुम्न जानेहरु रहेको पाईएको छ । प्रशसनले दिएको राजश्वको विवरण अनुसार मासिक ५ सय  जना युवाहरु गुल्मीबाट वैदेशिक रोजगारमा जाने गरेको आंकलन गर्न सकिन्छ ।

एकिन विवरण भने प्रशासनले आर्थिक वर्ष समाप्ती पछि मात्र सार्वजानिक गर्ने बताएको छ ।  राजश्य संगै गुल्मीमा रेमिट्यान्स पनि मासिक करौडौं भित्रिदै आएको छ । जिल्लामा पछिल्लो एक दशकमा केहि असहाय परिवार वाहेक दयानिय अवस्थाका गरिव परिवार कम मात्रमा देखिएका छन् । 

गाउँ गाउँमा पनि शहरिया लवाई खुवाई र वसाईको लहर चलेको छ । 

प्राय प्रत्येकको घरमा व्यवस्थि भान्छा कोठा सहितको ग्याँस चुलो,  टेवुल कुर्चि, अलग अलग सत्ने कोठा र आकर्षक  वैठक कक्ष समेत रहन थालेका छन् । टेलिभिजन र ईन्टरनेटको पहुँचमा समेत ग्रामिण  वस्ती रहँन थालेका छन् ।

एउटै परिवारमा १२ वटा सम्म मोवाईल सञ्चालनमा छन् । 

प्रायः धेरैको हातमा महँङ्गा मोवाईले  देख्न सकिन्छ । कतिपय परिवारमा ५÷६ हजार सम्म मोवाईल फोन खर्च भएको पाईन्छ । अव गाउँमा पनि पैसाको कमी छैन तर वैदेशिक रोजगारले कतिपय दम्पत्ती विचमा  विश्वासको  कमी भने निम्ताएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी