2026-09-11 04:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मनाङको तिल्चे गाउँमा पहिलोपटक मोटर पुग्यो

पुस २०, मनाङ । मनास्लु क्षेत्रभित्र पर्ने पर्यटकीय तिल्चे गाउँमा मोटर पुगेको छ । जहाँ पहिला पहिलाका बूढापाका भोटको नून कारोबार गर्न जाने गर्थे । 

मनाङलाई मोटर बाटोले छोए पनि यस गाउँमा भने मोटर पुगेको थिएन । मस्याङ्दी नदीको पारिपट्टिको यस गाउँ वरीबाट मोटर गुड्दा टुलुटुलु हेरेर बसेको अवस्थामा गतवर्षबाट मोटरेबल पुल बनेपछि गाउँलेको पहल र सडक डिभिजन दमौलीको सहयोगमा गाउँसम्म बाटो पु¥याइएको थियो । 

धेरै वर्षको प्रयासपछि यस गाउँमा मोटर पुगेको छ । मनाङको नासोङ गाउँपालिका वडा नं ६, र ७ मा मोटर पुग्दा गाउँले ज्यादै हर्षित देखिएका छन् । सडक डिभिजनले रु छ करोडको लगानीमा मस्र्याङ्दी नदीमा मोटरेबल पुल निर्माण गरेपछि ऐतिहासिक व्यापारिक केन्द्र मोटर पुगेको शिक्षक महासंघ मनाङका अध्यक्ष गुणराज गुरुङले बताउनुभयो । 

यो मनास्लु पदमार्गमा भएको पहिलो विकास हो । मस्र्याङ्दी नदी र दूधखोलाको किनारैकिनार भएर भिङ्ताङ पु¥याउने लक्ष्य रहेको यस मोटरबाटो अझै पूरा भइसकेको छैन । मस्र्याङ्दी नदीमा पुल बने पनि दूध खोलामा निर्माणाधीन अवस्थामा रहेको नासोङ गाउँपालिका अध्यक्ष चन्द्रबहादुर घलेले बताउनुभयो । 

तिब्बतबाट नून खरिद गरी यस ठाउँमा राख्ने र लमजुङ, तनहुँ र कास्कीलगायतका ठाउँका मानिस गएर चामलसँग नून साटेर ल्याउने ऐतिहासिक व्यापारिक केन्द्रका रुपमा रहेको यस गाउँमा पहिलोपटक मोटर पुगेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस