2026-07-27 05:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुल्मी महोत्सवमा हेलिकप्टरमा सयर गर्न पाईने

प्रेम सुनार | फागुन २४, गुल्मी | आगामी चैत १६ देखि २५ गते सम्म सञ्चालन हुने तेस्रो गुल्मी महोत्सवको मिति नजिकिन थालेसँगै महोत्सव लक्षित गतिबिधी वढ्न थालेका छन् । महोत्सवलाई आर्कषक तथा प्रभावकारी बनाउनको लागि महोत्सवसँग गठित उपसमितिहरुले बिभिन्न गतिबिधीहरुले बढाउन थालेका छन् ।

महोत्सवमा थप आकर्षक बनाउनको लागी हेलिकप्टरको व्यवस्था हुने भएको छ । महोत्सवलाई थप आकर्षण बनाउनको लागी महोत्सव अबधी भर मध्ये ४ दिन  हेलिकप्टरको ब्यवस्था मिलाउने तयारी भइरहेको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका पुर्व अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

हेलिकप्टर द्धारा गुल्मी जिल्लाका ऐतिहासिक, पर्यटकिय, धार्मिक स्थलहरुको दृश्याबोलकन गर्न सकिने पुर्व अध्यक्ष श्रेष्ठले बताए ।

हेलीकप्टर उडानको लागी सदरमुकाम तम्घास नजिकै रहेको जडजुराबाट उडान गरिने श्रेष्ठले बताए । हेलीकप्टर चेढेपछी महोत्सव सञ्चालन स्थलसँगै जिललाका बिभिन्न धार्मिक तथा ऐतिहासिक मनमोहक स्थलहरु देख्न सक्नेछन् ।

महोत्सवमा हेलीकप्टर चढनको लागी बिभिन्न प्याकेज निर्धारण गरेर उडान हुँने आयोजकले जनाएका छन् । हेलीकप्टर को व्यवस्था हुने भएसँगै महोत्सवमा थप आकर्षण हुने आयोजकले अन्मान गरेको छ । साँस्कृतिक पक्षलाई थप प्रभवकारी बनाउने उदेश्यले दोहोरी गीत प्रतियोगिता समेत राखिने भएको छ ।

महोत्सवमा लोक दोहोरी क्षेत्रलाई संरक्षण तथा उजागर गर्ने मुख्य उदेश्यले ‘गुल्मी रम्बा तारा दोहोरी गीत’ प्रतियोगिता राखिने भएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष एबं महोत्सव मुल आयोजक समितिका संयोजक दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए ।  गुल्मी रम्बा तारा दोहोरीगीत प्रतियोगिता उत्कृष्ट हुनेलाई रम्बा तयारी चाउचाउको तर्फबाट पुरस्कार पाउनेछन् ।  महोत्सवको मुख्य प्रयोजकमा भुसाल ट्याक्टर सप्लायर्सले गर्ने भएको छ ।

महोत्सव सम्पन्न गठित मुल आयोजक समितिले गुल्मी लगायत मुख्य शहर बुटवल,पोखरा र काठमाडौंमा पुगी बिभिन्न प्रचार प्रसारका कामहरु गर्नुका साथै आर्थिक रकम संकलन अभियान पनि गरिरहेको वाणिज्यसंघ गुल्मीले जनाएको छ ।  महोत्सवमा २ सय स्टल रहने भएका छन् ।

कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्न भन्दै गुल्मीमा यहि आउँदो चैतमा तेस्रो गुल्मी महोत्सव हुँदैछ । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा हुने महोत्सवको ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य,कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका तय गरिएको छ ।

महोत्सव सम्पन्न गर्न र थप प्रभावकारी बनाउनको बिभिन्न २६ वटा उपसमिति गठन भएको वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए । महोत्सवलाई  तम्घास स्थित चिदीचौर खेल मैदान र महेन्द्र माबिको खेल मैदान प्रयोग हुँने भएको छ ।

चिदीचौर खेल मैदानमा जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु,मनोरञ्जनात्म पिङ्ग लगायत  बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री बितरणको लागी राखिने भएको छ । त्यस्तै महेन्द्र माबिको खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरु राखिने भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा १० दिन सम्म चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए ।

वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ । महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथामिकताका दिँने भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली