2026-10-28 05:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुल्मीमा विकासको संरचना तोडफोड र ‘लुटपाट’ गर्नेहरु नै थप आक्रमक

प्रेम सुनार | चैत १३, गुल्मी | गुल्मीको विरवासमा केहि दिन यता एउटा टोलवासीले अर्को  छिमेकी टोलवासीलाई आतंकित पार्दै आएका छन् ।   खानेपानी मुहानको विवाद निकाल्दै गुल्मी दरवार गाउँपालिका वडा नम्वर ४  विरवासको मिसुगा गाउँवासीले  छिमिकी भट्टेचौर गाउँवासीलाई आतंकित पार्दै आएका हुन् ।

चैत्र ९ गते भट्टेचौरका १७ घरधुरीले साढे ५ लाख भन्दा बढि लागतमा १७ दिन सम्म  जनश्रमदान गरेर बनाएको खानेपानी ट्याङकी  घन गैचीले तोडफोड  गरी  ध्वस्त पार्नुका साथै भट्टेचौरवासीको शव्दमा विछाएको पाईप समेत लुटपाट गरेर लगेका थिए ।

त्यस विरुद्ध  भट्टेचौरवासी क्षतिपुर्ति र शान्ति सुरक्षाको  माग गर्दै हिडेका छन ।  तर  जुन संरचना ध्वस्त पार्ने मिसुगा गाउँवासी विवादलाई शन्तिपुर्ण ढंगले मिलाउने    प्रयासमा जुट्नुको  साटो थप आक्रमक बनेर आफुहरुलाई आतंकित पार्दै आाएको त्यस गाउँका अगुवा देविराम पोखरेलले बताए ।

‘हामी त सानो टोलवासी उनिहरु ८७ घरधुरीले हामी माथी ठुलो अन्याय गरे । सद्भाव पुर्ण ढंगले दुई टोल विचको विवाद मिलाउनुको साटो आज पनि त्यस गाउँको ठुलो समुह वडा कार्यालयमा आई नारावाजी र विभिन्न धम्की दियो’ –पोखरेलले भने–‘ उनिहरुले आफ्नो ढिपी नछाडे पछि वडा कार्यालय सहित वसेको बैठक मैले वहिस्कार गरेर आएँ ।’

 ‘चर्काचर्का नारावाजी  र समाचार लेख्ने पत्रकारहरुलाई समेत गाली गलौज गर्दै थिए  । चर्को स्वर र पाखुराको वलमा्  उनिहरु  जनप्रतिनिधीहरुलाई समेत धम्काउँदै छन  तर हामी शान्तिपुर्ण ढंगले आफुहरु माथी भएको अन्याय विरुद्ध न्याय माग्न सम्वन्धित निकाय धाउँदै छौं’– पोखरेलले भने ।

मिसुगा गाउँवासी  त्यस मुहानबाट भट्टेचौरवासीले ट्याङकी बाँधेर  गाउँ सम्म पानी लैजाँदा त्यस भन्दा   सय  मिटर तल रहेको आफुहरुको पानीको मुहान सुक्ने र आफुहरु काककुल हुने डरले आक्रमक भएका हुन् ।

मिसुगा गाउँका अगुवा थम्मनबहादुर ढेंगा, केयरसिंह ढेंगा , झगबहादुर ढेंगा सहित सिंगो गाउँवासीले आफुहरुलाई वडा कार्यालयले सोध्दै नसोधी एकलौटी ढंगले उक्त मुहानमा भट्टेचौरवासीलाई पानी लैजान दिने निर्णय गरेको आफुहरु कदापी स्वीकार नगर्ने अडानमा छन् ।

यस अघि पनि अर्को गाउँलाई त्यो मुहान दिदा पनि उनिहरु आन्दोलित भएका थिए । त्यस्तो विवादस्पद मुहानको निर्णय जनप्रतिनिधीहरुले गर्दा अलि वृहत छलफल र सहमतिको वानतवरण भने नमिलाएको   देखिन्छ ।

वडाध्यक्ष खुमबहादुर पल्लीले भने प्रतिनिधी मुलक सहमति बनाएको र मिसुगा गाउँलाई यदि पानी नपुगे  उता रोक्का गर्ने निर्णय समेत गरिएको बताउँ छन् ।  त्यस तोडफोड काण्ड अहिले जिल्लाभरी नै निन्दको विषय बनेको छ । जुन सुकै दलका नेता र सरकारी निकायका प्रमुखहरुले नवनिर्मित संरचना भत्काउनु ठुलो कम्जोरी र मुर्खता भएको बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले त्यो ठुलो कम्जोरी भएको प्रतिकृया दिएका छन् ।  उनले भनेका छन्–‘ यस घटना प्रति जिल्ला प्रशासन गम्भीर छ , जो जसलाई अन्याय परेको भए पनि न्याय दिने विभिन्न निकायहरु छन् , अव त्यो विवाद गाउँपालिका स्तरले मिलाओस भन्दै गाउँपालिका प्रमुखलई भनेको छु यदि त्यहाँ मिलेन भने म प्रमुख जिल्ला अधिकारीको हैसियतले आफ्नो भुमिका निभाउने नै छु ।’

प्राप्त जानकारी अनुसार आज त्यस गाउँपालिका प्रमुख अशोककुमार थापा सहितको टोली त्यस  वडा कार्यालयमा पुगेर विवाद मिलाउने प्रयास गरे पनि अहिले साँझ अवेर सम्म मिलेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला