प्रेम सुनार | वैशाख ६, गुल्मी | लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासबाट पाउँदै आएको स्वास्थ्य सेवा सो अस्पतालले अब गुल्मी जिल्लाबाटै सेवा सुरु गरेको छ ।

गुल्मीको मुसिकोट नगरपालिकाको केन्द्र वामी टक्सारमा बुधवार देखि लुम्बिनी वामी अस्पतालका रुपमा सुरु गरेको हो । सो अस्पतालले एक समारोहका बिच श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टले उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बिष्टले उक्त कार्य सह्रानिय रहेको र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बचन दिएका थिए । मन्त्री बिष्टको आग्रहमा आफुले जिल्लामा सो अस्पतालको सेवा उपलब्ध गराउन पहल गरेको पाल्पाका प्रदेश संसद तथा प्रवास अस्पतालका डाक्टर पुरन बज्रचार्यले बताएका थिए ।

सो अस्पतालका अध्यक्ष पोखरेलले अस्पताल नाफाका लागि नभई सेवा भावले सञ्चालन गरिएको र प्रवास अस्पताल ११ करोडको ऋण भारमा रहेपनि चुनौतिसँग सामना गर्दै अगाडी वढेको बताएका थिए । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले आफुहरुले १० वर्ष अघि देखि आफुहरुले सुरु गरेको पहल अहिले पुरा भएको बताएका थिए ।

April 19, 2018
अर्थ/विकास, गुल्मी - GLM
प्रभास अस्पतालको सेवा अब गुल्मीमै
By साझासवाल
3 मिनेट पढाइ