Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गुल्मीमा झण्डै १६ करोड फ्रिज, ३० करोड राजश्व संकलन (विवरणसहित)

By kit 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार । साउन–२७,  गुल्मी।   गुल्मीमा गत आर्थिक वर्ष २०७४ ÷०७५ मा चालु र पुँजिगत दुवै तर्फ प्रतिशत अघिल्लो आर्थिक वर्षमा भन्दा निकै राम्रो देखिएको छ ।  पुँजीगत तर्फ झण्डै ३ अर्ब  कुल बजेट मध्ये निकास ९५.८७ प्रतिशत मध्ये ९३.६२ प्रतिशत खर्च भएको कोष तथा लेखा निरीक्षणको कार्यालय गुल्मीले जनाएको छ ।

त्यस कार्यालय प्रमुख शशिन्द्र खातीका अनुसार अघिल्लो आर्थिक वर्षको तुलानमा गत आर्थिक वर्षको खर्च प्रतिशत निकै राम्रो हो ।  खातीले दिएको विवरण अनुसार गत आर्थिक वर्षमा चालु तर्फ कुल  २ अर्ब ८८ करोड ८८ लाख १२ हजार २० रुपैयाँ  निकासा भएको थियो ।

जस मध्ये  खर्च ९३.८७ प्रतिशत खर्च भएको छ ।  स्थानिय तहमा जाने पुँजीगत ५ अर्ब ७० करोड ५४ लाख १५ हजार ४ सय ९९ रुपैयाँ मध्ये ५ अर्ब ४६ करोड ९५ लाख ६ हजार खर्च भएको छ ।  ९५ं८७ प्रतिशत खर्च भएको छ ।

यस्तो छ फ्रिज रकमको विवरण

खर्च हुन नसकी  १५ करोड ८० लाख ९० हजार ५ सय १६ रुपैयाँ फ्रिज गएको छ ।  जस मध्ये जिल्लाको ठुलो  तम्घास सिमलटारी प्युठान सडक आयोजनमा ५ करोड २३ लाख ७० हजार २ सय ९ रुपैयाँ फ्रिज गएको छ ।

स्थानिय तह मध्ये रेसुङ्गा नगरपालिका, सत्यवती गाउँपालिका , रुरु गाउँपालिका , गुल्मीदरवार गाउँपालिक, चन्द्रकोट गाउँपालिका र मालिका गाउँपालिकाले एक पैसा पनि फ्रिज जानबाट रोकेका छन ।

मुसिकोट नगरपालिकामा ६ लाख ५५ हजार ६ सय रुपैयाँ फ्रिज गएको छ । छत्रकोट गाउँपालिकामा १४ लाख ९५ हजार ८ सय १ रुपैयाँ फ्रिज गएको छ । कालिगण्डकी गाउँपालिकामा ८ लाख ५४ हजार फ्रिज गएको छ ।

ईस्मा गाउँपालिकामा १ लाख ३९ हजार २ सय ५ रुपैयाँ फ्रिज गएको छ । धुर्कोट गाउँपालिकामा १ लाख ८२ हजार २  सय ९७ रुपैयाँ फ्रिज गएको छ ।  मदाने गाउँपालिकामा ८ लाख ४१ हजार ४ सय ३७ रुपैयाँ फ्रिज गएको छ ।

जिल्लाका सरकारी कार्यालय मध्ये  जिल्ला समन्व्य समितिको ४ लाख ८८ हजार ४ सय ४८ रुपैयाँ फ्रिज गएको छ ।  जिल्ला शिक्षा कार्यालयबाट १ करोड ३६ लाख ८६ हजार ४ सय ८४ रुपैयाँ फ्रिज गएको छ ।  जिल्ला निर्वाचन कार्यालयको  पनि १० लाख ५७ हजार ८९ रुपैयाँ फ्रिज गएको छ ।

भुकम्प आवास पुनरनिर्माण आयोजनाले काम गर्न नसकेर ३० लाख रुपैयाँ फ्रिज हालेको छ ।  भुकम्प आपतकालिन ८ लाख ४१ ह्जार ३ सय ७१ फ्रिज गएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको ६ लाख ८५ हजार ३ सय ३ रुपैयाँ फ्रिज गएको छ ।

कफि अनुसन्धान कार्यक्रमको १ लाख १६ हजार ८ सय ७९ रुपैयाँ  फ्रिज गएको छ ।  अन्य सरकारी कार्यालहरुको १ लाख देखि ५ लाख सम्म फ्रिज गएको कोष तथा लेखा निरीक्षण कार्यालयको विवरणमा उल्लेख छ ।  त्यस्तै गत आर्थिक बर्षमा गुल्मीमा २९ करोड ८३ लाख ९३ हजार ५ सय ७३ रुपैयाँ राजश्व संकलन भएको छ ।