2026-09-01 10:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अनुदानको ट्र्याक्टरमा किसानबाट रकम उठाइँदै

असोज १४, तम्घास । गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले अनुदानमा दिएको ट्र्याक्टरबाट सप्लायर्सको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले किसानबाट रकम उठाएको खुलेको छ । 

आर्थिक वर्ष २०७६/७७ को कार्यक्रमअनुसार गाउँपालिकाले ३४ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको थियो । उनीहरुबाट प्रतिट्र्याक्टर एक हजार ५०० का दरले सप्लायर्स कम्पनीले रकम असुली गरेको पाइएको छ । 

अनुदानको ट्र्याक्टर खरिदका लागि गाउँपालिकाको छनोटमा परेको सप्लायर्स कम्पनीले फिटिङ गरेको, तेल तथा यातायात खर्चको बहाना बनाएर किसानबाट रकम असुली गरेको स्थानीय किसान बाबुराम ज्ञवालीले बताउनुभयो । “ट्र्याक्टर लिन जाँदा एक्कासी एक हजार ५०० का दरले रकम मागियो, हामी त अचम्ममा पर्यौं ”, उहाँले भन्नुभयो, “विना रसिद त्यसरी किसानबाट रकम लिनु उचित होइन ।” 

त्यसभन्दा पहिले नै ट्र्याक्टरको ५० प्रतिशत मूल्य रु ३२ हजार ५०० आफूहरुले बैंकमा जम्मा गरेको भन्दै उहाँले एक हजार ५०० बुझाउनेबारे कुनै जानकारी नभएको बताउनुभयो । यस्तै अर्का किसान सुब्बा बस्नेतले पनि सप्लायर्सले गैरकानूनी तरिकाले गाउँपालिकाका कर्मचारी र ठेकेदारको मिलेमतोमा किसानबाट रकम असुली गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “ट्र्याक्टर लिन जाँदा एक्कासी पैसा मागे, खोजेर भए पनि दियौँ र ट्र्याक्टर ल्यायौँ ।” उक्त रकम किन र कुन प्रयोजनका लागि तिरेको भन्नेबारेमा आफू अझै पनि अनभिज्ञ भएको उहाँले बताउनुभयो । 

ठेकेदार र गाउँपालिकाका कर्मचारीको मिलेमतोमा किसानबाट रकम उठाइएको भन्दै उहाँले तत्काल उक्त रकम फिर्ता गर्न र गैरकानूनी ढङ्गले रकम उठाउनेमाथि कारवाही गर्न माग पनि गर्नुभयो । सप्लायर्स कम्पनीले ३४ जना किसानबाट प्रतिकिसान एक हजार ५०० का दरले कूल रु ५१ हजार गैरकानूनी ढङ्गबाट असुली गरेको छ ।

गाउँपालिकाले आव २०७६/७७ मै ट्र्याक्टर वितरण गर्नुपर्ने थियो । त्यसो गर्दा उक्त ट्र्याक्टर खरिदबापतको भुक्तानी असार मसान्तसम्म मात्रै हुन्थ्यो तर सम्बन्धित सप्लायर्स र कर्मचारीको मिलेमतोमा साउनको तेस्रो हप्तामा मात्र किसानलाई ट्र्याक्टर उपलब्ध गराइएको स्थानीय युवा किसान पाण्डेले बताउनुभयो । “ट्र्याक्टरका लागि आवश्यक ५० प्रतिशत रकम किसानले पहिले नै बुझाउनुभएको थियो”, उहाँले भन्नुभयो, “पछि बुझाउने रकमबारे पूर्वजानकारी पनि थिएन र रसिद पनि दिइएको छैन ।” 

गाउँपालिकाले गत आवको कार्यक्रमअन्तर्गत वडा नं १ मा दुई, २ मा आठ, ४ मा सात, ५ मा १२ तथा वडा नं ६ मा चार जना किसानलाई हाते ट्र्याक्टर प्रदान गरेको छ । उक्त अनुदानका लागि रु ११ लाख ५० हजार गाउँपालिका र त्यति नै रकम किसानले जम्मा गरेको गाउँपालिकाका सूचना अधिकारी ईश्वरी न्यौपानेले जानकारी दिनुभयो । 

गाउँपालिकाका जिन्सी शाखा प्रमुख मनिष पाण्डेले आफूहरुले सकेसम्म न्यूनदरमै किसानलाई ट्र्याक्टर उपलब्ध गराउन खोजेको तर पछि सप्लायर्स कम्पनीले रकम उठाएको प्रतिक्रिया दिनुभयो । ठेकेदारले मिस्त्री चार्ज, तेल र यातायात खर्चको बहानामा किसानबाट रकम उठाएको उहाँले बताउनुभयो । यसमा आफूहरुको मिलेमतो नभएको र ठेकेदारले झुक्याएको उहाँले स्पष्ट पार्नुभयो । 

गाउँपालिकाका अध्यक्ष नीकलण्ठ गौतमले ठेकेदारले किसानबाट रकम असुल गरेकोबारे आफूलाई अहिलेसम्म कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभयो । उहाँले गैरकानूनी ढङ्गबाट त्यसरी रकम उठाउने सप्लायर्सलाई स्पष्टीकरण सोधिने र छानविनका क्रममा दोषी ठहरिए कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

ट्र्याक्टर सप्लायर्स कम्पनी गिरिधरी कृषि मेसिनरी सप्लायर्सका सञ्चालक गिरिधरी चौधरीले आफूले गाउँपालिकाका कर्मचारीमार्फत किसानले पछि तिर्नुपर्ने शुल्कका बारेमा जानकारी गराएको बताउनुभयो । ट्र्याक्टरको मोबिल, तेल, मिस्त्रीलगायत कामका लागि खर्च भएको रकम आफूले लिएको स्वीकार गर्नुभयो । गाउँपालिकामा ‘कोटेशन’ दर्ता गर्दा नै पछि तिर्नुपर्ने शुल्क उल्लेख नगरेकाले आफूले अहिले रकम लिएको उहाँले प्रतिक्रिया दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला