Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

2026-06-21 02:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

७ सयबाट सुरु भएको सहकारीको कारोवार आधा अर्ब


प्रेम  सुनार | भदौ २५, गुल्मी । देशकै उत्कृष्ट सहकारीका रुपमा सम्मानित यहाँको एक सहकारी संस्था अहिले झण्डै ५० करोडको कारोवार गर्न सफल भएको छ । आज भन्दा २६ वर्ष अघि  तम्घासका रमेश थापा अध्यक्ष र सचिव मुुकुन्दहरी गौतम सचिव सहित २६ जनाले मासिक ३० रुपैयाँका दरले जम्मा ७ सय २० रुपैयाँबाट सुरु गरेका थिए ।

जति वेला यहाँका कतिपयलाई सहकारी भनेको के हो ? भन्ने कुरा समेत थाह थिएन्  संस्थापक सचिव गौतमले भने आज २४ ÷२५ करोडको कारोवार गर्ने अवस्थामा आई पुगौंला भनेर कल्पना समेत गरेका थिएनौं ।’  २०६३ सालमा  देवबहादुर वस्नेत अध्यक्ष रहेको बेला राष्ट्रिय सहकारी संघले लेकाली स्वाबलम्वन ऋण तथा बचत सहकारी संस्थालाई देशकै उत्कृष्ट सहकारीका रुपमा पुरस्कृत गरेको थियो ।

व्यवस्थीत र बैंकिङ्ग सेवा सहित सदरमुकाम तम्घासमा सञ्चालित यस सहकारीमा १६ सय शेयर सदस्य र नावालक सदस्य ७ सय ११ रहेका छन् । २६ वर्ष अघि गठन भए पनि २०४८ सालमा दर्ता भएको यस सहकारीले शनिवार २४ औं वार्षिक  साधरण सभा सदरमुकाममा भव्य रुपमा सम्पन्न गरेको छ ।

साधरण सभामा सचिवको प्रतिवेदन प्रस्तुत गदै सचिव भुवनप्रसाद अर्यालले यस आर्थिक वर्ष २०७२ ÷०४७ मा ४९ करोड ५९ लाख  ३३ हजार ४ सय १७ रुपैयाँ ८० पैसा कुल कारोवार भएको जानकारी दिए । उनले सम्पत्ती दायित्य तर्फ यस आर्थिक वषमा २४ करोड ७२ हजार ६ सय ४९ रुपैयाँ  ४१ प्पैसा रहेको बताए ।

कोषाध्यक्ष गणेश श्रेष्ठको प्रतिवेदनमा  यस आर्थिक वर्षमा व्याज आम्दानी ऋण लगानीबाट २ करोड २२ लाख ४५ हजार ४ सय ४१ भएको उल्लेख छ । बैकबाट प्राप्त व्याज मात्रै यस वर्ष १३ लाख २२ हजार ८ सय ३५ रुपैया १३ पैसा भएको छ । यस आर्थिक वर्षमा ७ सय ७३ जना सदस्यलाई २० करोड ८६ लाख ४० हजार ऋण लगानी गरिएको अध्यक्ष गोपला प्रसाद पन्थीले जानकारी दिए ।

यस आर्थिक वर्षमा ६ सय ३६ जना सदस्यहरुबाट  १५ करोड १२ लाख ११ हजार ८ सय १०  रुपैयाँ ऋण अशुली भएको  उनले बताए ।  यस सहकारी संस्थाले  गरिव विपन्न, असाहय र एकल महिलाहरुलाई आत्मानिर्भर बनाउनका लागि ऋण लगानीलाई बिेशेष प्राथामिकता दिने गरेको छ । यसबाट यहाँका थुप्रै त्यस्ता वर्गहरु उन्नतीको मार्गमा हिड्न थालेका छन् ।  जिल्ला न्यायधिश मातृकाप्रसाद मरासनीनले उद्घाटन गरेको साधरण सभामा उनले यस सहकारीले गरेको प्रगतीको खुलेर चर्चा गरे । उनले भने प्रतिवेदनमा यस सहकारीको प्रगती विवरण देख्दा म सहकारी प्रति निकै उत्साहित भएँ,  यहाँहरुलाई बधाई छ ।’

साधरण सभामा   प्रवेशिका परिक्षा र स्नातकमा उत्कृष्ट नतिजा लिएर उर्तिण हुने  शेयर सदस्यका छोरा छोरी , बृद्धा–बृद्धा , एकल महिला, ऋण लिएर उत्कृष्ट व्यवसाय गर्ने शेयर सदस्य र सञ्चार क्षेत्रबाट सहकारी विकासमा महत्व पुर्ण योगदान पुराउने लगायतलाई सम्मान समेत गरिएको छ ।


यो सहकारी जिल्लाको  सवै भन्दा पुरानो  अनुशरणीय सहकारी मानिन्छ । यसले आफ्ना शेयर सदस्यलाई मात्र फाईदा पुराएको छैन् राज्यको  समेत आम्दानीको श्रोत बनेको छ । यस वर्ष मात्रै राज्यलाई उसले १३ लाख २ हजार ८ सय ६० रुपैयाँ कर तिरेको छ । साधरण सभामा विभिन्न सहकारी  तथा अन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुले शुभकामना मन्तव्य राखेका थिए ।

अध्यक्ष गोपालप्रसाद पन्थीको अध्यक्षतामा  सम्पन्न उद्घाटन सत्रमा उपाध्यक्ष गोपालप्रसाद पाण्डेको स्वागत मन्तव्य र सचिव भुवनप्रसाद अर्यालको सञ्चालन रहेको थियो । उद्घाटन सत्र सकिए लगत्तै  बन्द सत्र सुरु हुने अध्यक्ष पन्थीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ