Skip to content
Friday, July 17, 2026 Nepali Online Media

२० रुपैयाँबाट सुरु सहकारीको कारोवार अहिले ८ करोड

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार । असोज १, गुल्मी । २५ जना महिलाहरुले २० रुपैयाँबाट सुरु गरेको गुल्मीको एक सहकारी संस्थामा अहिले वार्षिक आठ करोड भन्दा बढिको कारोवार हुँदै आएको छ । तम्घासको  स्वावलम्वन महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडले यस्तो प्रगती गरेको हो ।

उसले शनिवार  आफ्नो २४ औ वार्षिक साधरण सभामा प्रतिवेदन प्रस्तुत गर्दै यस आर्थिक वर्षमा ८ करोड भन्दा बढि कारोवार गरेको जनाएको छ । तम्घासको वालमन्दिर सभाहलमा सम्पन्न भएको साधरणको  जिल्ला सहकारी संघका अध्यक्ष यमबहादुर थापाले उद्घाटन  गर्दै त्यस सहकारी संस्थामा आवद्ध महिलाहरुले गरेको प्रगतीलाई अन्य स्थानका महिलाहरुले पनि अनुशरण  गर्नु पर्नेमा जोड दिएका थिए  ।

प्रतिवेदन प्रस्तुत गर्दै सचिव लक्ष्मी अर्यालले आफ्नो सहकारीले  शेयर सदस्य भित्र मात्र लाभ पुराउने काम नगरेर सामाजिक उत्तरदायित्वमा समेत त्यस सहकारी संस्था क्रियाशिल रहेको  उल्लेख छ ।  यस वर्ष शेयर सदस्यहरु ४६ जन बढेको   र कुल सदस्य संख्या ६ सय ८२ जना र नावलक शेयर सदस्य २ सय ९३ जना पुगेको सचिव पन्थीको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै कोषाध्यक्ष सावित्रा वस्नेत खत्रीको प्रतिवेदनमा  यस वर्ष  ८ करोड ५५ लाख छ्यानव्वे हजार ३ सय त्रियासी रुपैयाँको कारोवार भएको उल्लेख रहेको छ । २० रुपैयाँबाट सुरु भएको सहकारी संस्थालाई आज आठ करोड भन्दा बढिको कारोवार गर्न सफल बनाउने सम्पुर्ण शेयर सदस्य र त्यसको  शुभेच्छुकहरुलाई  उक्त संस्थाकी अध्यक्ष राधा  पन्थीले धन्यबाद प्रकट गरिन्।

वार्षिकोत्सवको  अवसरमा  एसएलसी र  कक्षा १२ मा उत्कृष्ट हुने विद्यार्थी सवोत्कृष्ट ऋणी, बृद्ध शेयर सदस्यलाई सम्मान गरिएको थियो ।  त्यस्तै जहेन्दार विद्याथीहरुलाई छात्रवत्ति वितरण समेत गरिएको थियो । उद्घाटन सत्रमा विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको विशेष आतिथ्यता रहेको थियो । उक्त सहकारी संस्थाकी अध्यक्ष राधा पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  उपाध्यक्ष विमला गौतमको स्वागत मन्तव्य र सविच लक्ष्मी अर्यालको सञ्चालन रहेको थियो ।