2026-10-10 05:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक पुरुषोत्तम न्यौपाने युरोप प्रस्थान

असोज २० पोखरा । नेपालीहरुको महान् पर्व विजयादशमी, शुभदिपावली, छठ, नेपाल सम्बत्का अवसरमा देश र विदेशका विभिन्न ठाउँमा कार्यक्रमको आयोजना भैरहेका छन् । यस्ता कार्यक्रममा भाग लिन नेपाली साँगीतिक क्षेत्रका कलाकार व्यस्त छन् ।

यसै क्रममा चर्चित लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने बुधबार युरोप प्रस्थान गरेका छन् । युरोपका विभिन्न शहरमा आयोजना हुने बडा दशैँ लोक दोहोरी धमाकामा सहभागी हुन उनी युरोपतर्फ लागेका हुन् । बुधबार राती कतार एयरवेजबाट काठमाण्डौ–दोहा–डेनमार्क हँुदै फिनल्याण्ड लागि उनी श्रीमती भगवती न्यौपानेसँगै युरोप तर्फ गएका हुन् ।

 

उनी एक महिना युरोप भम्रणमा रहनेछन् । एक महिने युरोप बसाईका क्रममा फान्स, स्पेन, बेल्जियम, पोर्चुगल, जर्मन, फिनल्याण्डमा आयोजना हुने कार्यक्रममा सहभागी जनाउने तय भएको छ । न्यौपानेले तिहार जर्मनमा श्रीमतीको भाई अनिश भट्टराईकोमा मनाउनेछन् । तिहार मनाएर उनी नेपाल फर्कने कार्यक्रम रहेको उनले बताए । युरोपमा हुने कार्यक्रममा न्यौपानेले आफ्ना चर्चीत साँगीतिक कोशेली दर्शकहरुलाई सुनाउने छन् ।

वि.सं. २०४६ सालमा ‘वलाम देवि थान’ बोलको गीत रेकर्ड गरी नेपाली साँगीतिक फाँटमा डेब्यु गरेका न्यौपाने विदेशमा रहेका नेपालीसँग यसपालि दशैँ तिहार मनाउने अवसर पाएकोमा खुशी छन् । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष न्यौपानेका हालसम्म पाँचसय भन्दा बढी गीत दर्शक श्रोता माझ आइसकेका छन् । लोकदोहोरी पारखीलाई मन्त्रमुग्ध पारी साँगीतिक तृष्णा मेटाउन सक्ने खुबी उनको आवाजमा रहेको छ । उनका मिर्मि मुनि काली थुनेको, ढुंगे धारामा, घाम जस्तो चम्किलो, पानि घट्टमा लगायतका गीत दर्शकश्रोताले अत्याधिक रुचाएका थिए । उनी सँगै गायक प्रमोद खरेल समेत युरोप प्रस्थान गरेका छन् ।

  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने