2026-10-10 01:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

ओलीपछि सांसद ज्ञानेन्द्र शाही पनि फिल्म ‘नमेटिने घाउ’ मा

माघ १५, काठमाडौँ | सांसद ज्ञानेन्द्र शाही पनि फिल्म अभिनयमा देखिने भएका छन् । एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’ मा उनको अभिनय रहने भएको हो ।

आइतबार घोषणा कार्यक्रममा निर्माण युनिटले फिल्ममा शाहीको पनि अभिनय रहने जानकारी दियो । फिल्ममा शाही के भूमिकामा देखिने हुन् त्यो भने खुलाइएको छैन ।  एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थिति रहेको कार्यक्रममा फिल्मको शुभ मुहूर्त समेत भयो । फिल्ममा ओलीको समेत अभिनय रहनेछ ।

अभिनेता रमित ढुंगानाको निर्देशन रहने ‘नमेटिने घाउ’ ३३ जना एसिड पीडितहरूको कथालाई समेटेर बन्न लागेको हो । फिल्ममा शिव अधिकारीको कथा, ओम सुनारको संगीत रहनेछ ।  लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् ।

सुरवीर पण्डित र रामचन्द्र अधिकारी पुराना कलाकारमा रहने फिल्ममा अन्य कलाकारको रूपमा मुस्कान खातुन, सिम्रन खड्का, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्रसिंह कुसुहा लगायत रहनेछन् ।

फिल्म काठमाडौँ, भक्तपुर, बनेपा, पनौती, नवलपुर, पोखरा, वीरगन्ज र रौतहटको चन्द्रपुरमा छायाङ्कन हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु