2026-11-04 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

ऋतिक रोशनकाे फाइटरले कमायो १२५ करोड बढी

माघ १६, मुम्बई | ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपूरको बहु प्रतिक्षित फिल्म फाइटर गत २५ जनवरीमा हलमा रिलिज भएको थियो ।

जसलाई पठान निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । फिल्म पठान जस्तो नभए पनि फ्यानबाट धेरै माया पक्कै पाइरहेको छ, जसका कारण फाइटरले दिनहुँ कीर्तिमानी कमाई गरिरहेको छ ।

भारतमा पनि यो फिल्म १०० करोड पार गर्न केही कदम मात्र टाढा छ । यो खुसीको खबर सुनेर फिल्मका कलाकार र क्रु मात्र नभई फ्यानहरु पनि खुसी हुनेछन् ।

बक्स अफिस ट्रयाकर सकनिल्कको प्रारम्भिक तथ्यांक अनुसार फाइटरले तेस्रो दिन २८ करोड कमाएको छ, त्यसपछि भारतमा फिल्मको कलेक्सन १०० करोड नाघेको छ । विश्वव्यापी सङ्कलन १२५ करोड नाघेको छ।

दुई दिनको कमाईलाई हेर्ने हो भने भारतमा पहिलो दिन २२.५ करोडको ओपनिङ गरेको थियो । जहाँ विश्वभर यो संख्या ३६.०४ करोड पुगेको छ । दोस्रो दिन फिल्मले भारतमा ३९ करोड कमाएपछि विश्वभर यो अंक ९६ करोड पुगेको छ ।

उल्लेखनीय छ कि फाइटर बाहेक साउथको ‘मलाइको टाई भलिवान’ र ‘सिङ्गापुर सलुन’ पनि बक्स अफिसमा रिलिज भएका थिए । तर, दुवै फिल्म फाइटरभन्दा निकै पछाडि छन् । तर यसले बक्स अफिसमा लगातार कमाई गरिरहेको छ । यसका  साथै सालार, डंकी, गुंटुर करम, हनु मान, क्याप्टेन मिलर जस्ता फिल्मले पनि राम्रो कमाई गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट