2026-10-10 01:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

सानो बजेटको हनुमानकाे अकल्पनिय कमाई, अब ओटिटीमा पनि रिलिज हुदैँ

माघ १६, मुम्बई | तेजा सज्जा अभिनित तेलुगु सुपरहिरो फिल्म  ‘हनुमान’ ले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । 

यो फिल्म धेरै अन्य फिल्महरु संगै जनवरी १२ मा थिएटरहरुमा रिलिज भएको थियो तर यो फिल्मले सबै पछिल्ला रिलिजहरु भएका फिल्महरुलाई पछाडि छाडेर बक्स अफिसमा तहल्का मच्चायो ।

सानो बजेटकोा यो फिल्म अकल्पनिय रुपमा रकम संकलन गर्नसमेत सफल भयो । ‘हनुमान’को सफलता र लोकप्रियताका कारण दर्शकहरू जो सिनेमा हलमा हेर्न भ्याएननन, अब यसलाई उनीहरु ओटीटी प्लेटफर्ममा हेर्न निकै उत्साहित छन् र जसका कारण ओटीटी रिलिजको लागि उत्सुकतापूर्वक पर्खिरहेका छन्।

यसैबिच, भारतीय समाचार माध्यमका अनुसार  ‘हनुमान’का निर्माताले आफ्नो ओटीटी पार्टनर तय गरेका छन् र फिल्मको रिलिज डेट पनि आइसकेको छ ।

सानो बजेटको फिल्म  ‘हनुमान’ले दर्शकलाई निकै प्रभावित बनाएको छ । अब यो फिल्मको ओटीटी रिलिजको विवरण पनि सार्वजनिक भएको छ । यदि मिडिया रिपोर्टहरू विश्वास गर्ने हो भने ‘हनुमान’ आगामी मार्च २ बाट अग्रणी ओटिटी प्लेटफर्म जी ५ मा स्ट्रिम हुनेछ।

वास्तवमा, फिल्मको निर्माताले सिनेमाघरमा रिलिज भएको तीन हप्तापछि डिजिटल रूपमा रिलिज गर्ने योजना बनाएका थिए तर फिल्मको भव्य सफलतालाई ध्यानमा राख्दै यसलाई सात हप्तापछि ओटीटीमा स्ट्रिम गर्ने निर्णय गरेका हुन् ।

‘हनुमान’को कमाई

‘हनुमान’ ले बक्स अफिसमा हलचल मचाउदै गर्दा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । समीक्षकहरूले पनि फिल्मको भिएफएक्सको प्रशंसा गरेका छन् । यो फिल्म रिलिजको तेस्रो हप्तामा छ र अझै पनि दर्शकको ठुलो घुइँचो सिनेमा हलमा देखिएको छ र राम्रो व्यापार पनि गरिरहेको छ । ‘हनुमान’ को कमाईको कुरा गर्दा यो फिल्मले घरेलु बजारमा रिलिज भएको १८ दिनमा कुल १७४.४५ करोडको व्यापार गरेको छ । विश्वभर यो फिल्मले रिलिजको १७ दिनमा करिब २ सय ७० करोडको कलेक्सन गरि ३ सय करोडको आँकडा छुन तर्फ अघि बढिरहेको छ ।

बक्स अफिसमाम हिट भएको  ‘हनुमान’को कथा काल्पनिक गाउँ अञ्जनदरीमा घटेको घटनामा आधारित छ, जो हनुमानको महाशक्ति प्राप्त गर्ने एक युवकको हनुमानको वरिपरि घुम्छन ।

फिल्मको स्टार कास्टको कुरा गर्दा ‘हनु मान’ मा तेजा सज्जाका अलावा विनय राई, अमृता अय्यर र वरलक्ष्मी सरथकुमारको पनि महत्वपूर्ण भूमिका छ । हालै यो फिल्मका निर्माताले  ‘हनुमान’ को सिक्वेलको पनि घोषणा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु