2026-10-10 01:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

मृतक गायकलाइ गाउन लगाएर रहमानले गराए भारतमा हंगामा, रजनीकान्तकाे फिल्ममा सुन्न सकिने

माघ १९, मुम्बई |  एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सले हरेक क्षेत्रमा आफ्नो हस्तक्षेप सुरु गरेको छ । 

अहिले संगीतको दुनियाँमा पनि यसको प्रयोग हुन थालेको छ । ओस्कार विजेता संगीतकार एआर रहमानले आफ्नो आगामी प्रोजेक्ट फिल्म  ‘लाल सलाम’ मा दुई गायकको स्वर प्रयोग गरेको बताएका छन्, जो यस संसारमा छैनन् । उनले गायक बम्बा बक्या र शाहुल हमिदको आवाजलाई पुनर्जीवित गर्न एआई प्रयोग गरिएको बताए ।

यो खबर बाहिरिए पछि इन्टरनेटमा प्रयोगकर्ताहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । कतिपयले एआर रहमानको प्रतिभाको तारिफ गरिरहेका छन् भने धेरैले यो सही नभएको विश्वास गरेका छन् ।

रजनीकान्तको आगामी फिल्म  ‘लाल सलाम’को  ‘थिमिरी येजुदा’ गीतमा दुवै दिवंगत गायकको स्वर सुनिने भएको छ । एआर रहमानले गायकको परिवारबाट अनुमति लिएको र आवाज प्रयोग गर्दा पैसा पनि तिरेको बताउँछन् ।

रहमानले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा लेखेका छन् कि हामीले गायकहरूको परिवारबाट अनुमति लिएका छौं र उनीहरूको आवाज एल्गोरिदम प्रयोग गर्न पैसा पनि तिरेका छौं। रहमान भन्छन्,  ‘प्रविधिको सही प्रयोग गरेमा खतरा हुँदैन । उनले लेखेका छन्, नोस्टाल्जियालाई सम्मान गर्नुहोस्।’

यद्यपि, केही प्रयोगकर्ताहरूले यो कदमलाई समर्थन गर्दैनन्। एक प्रयोगकर्ताले लेखेका छन् कि यसले उद्योगका ती गायकहरूलाई स्तब्ध पार्छ, जो आफूलाई स्थापित गर्न संघर्ष गरिरहेका छन्। अन्य प्रयोगकर्ताहरूले रहमानको रचनात्मकताको प्रशंसा गरिरहेका छन्। फिल्म ‘लाल सलाम’लाई ऐश्वर्या रजनीकान्तले निर्देशन गर्दैछिन् । मिडिया रिपोर्टका अनुसार रजनीकान्त फिल्ममा एक्सन गर्दै देखिने छन् ।

एआईको सहयोगमा दिवंगत गायकको आवाजलाई उद्योगमा पहिलो पटक ‘रिक्रिएट’ गर्न लागिएको पनि मिडिया रिपोर्टमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु