2026-10-10 01:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

भारतीय अभिनेत्री पुनमको ‘मृत्यु’ अझै रहस्यमा, नजिकका भन्छन, ‘उनी जिउँदै हुनुपर्छ

माघ २०, मुम्बई | भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधनको खबर शुक्रबार बिहान सार्वजनिक भएको थियो तर अहिलेसम्म आईपुग्दा यो बिषय निकै रहस्यमय बन्दै गएको छ । 

उनको इन्स्ट्रागममा उल्लेख भए अनुसार उनको मृत्युको कारण पाठेघरको मुखको क्यान्सर भएको बताइएको छ । मृत्युको बारेमा पुनमको टोलीले नै जानकारी दिएको थियो । 

तर, यो समाचार बाहिरिएसँगै पूनमको मृत्युलाई लिएर थप अन्यौंल र रहस्यहरु बाहिर आउन थालेका छन । र, उनको मृत्युको खबर थप जटिल बन्दै गएको भारतीय मिडियाहरुले जनाएका छन ।

हिजो बिहान ११ बजे पुनको मृत्युको खबर आए लगत्तै भारतीय सञ्चारमाध्यमले  पुनमका नजिकका साथी नितिन मिरानीसँग कुरा गरेका थिए । उनले भनेका छन कि, ‘मलाई यसबारे कुनै जानकारी छैन । बिहानैदेखि उहाँलाई सम्पर्क गर्ने प्रयास गरेँ तर उहाँसँग कुरा हुन सकेको छैन । उनका ड्राइभरले दुई दिनअघिसम्म म्याडम ठिक रहेको बताएका थिए । र, उनी सुटिङमा व्यस्त थिइन् । दिदीको फोन पनि अफ छ । के भयो बुझ्न सकिन । उनको इन्स्टाग्राम ह्याक भएको देखिन्छ ।’

हिजो दिउँसो १२  आफूलाई पूनमको म्यानेजर भनिने निकिता शर्माले प्रेस नोट जारी गरिन् । यस प्रेस नोटमा पाठेघरको मुखको क्यान्सरका कारण पूनम अब यो संसारमा रहिनन भनी उल्लेख गरिएको छ । यो प्रेस नोटमा पाठेघरको मुखको क्यान्सरलाई हल्का रुपमा लिनुहुँदैन भन्ने पनि लेखिएको थियो । यो प्रेस नोटमा फोन नम्बर पनि लेखिएको थियो । त्यो नम्बरमा फोन गर्दा त्यो फोन नक्कली भएको पुष्टी भइसकेको छ  । सो फोन उठाउने व्यक्ति पश्चिम बंगालका हुन् र उनको पुनम पाण्डेसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताए । उनलाई बिहानैदेखि सयौं फोन गएका थिए, जहाँ उनले पुनमसँग चीनजान नै नभएको जनाईरहेको छन् ।

प्रेस विज्ञप्ति पछि दैनिक भाष्करले  पुनमको पीआर टोलीलाई सम्पर्क गरेको थियो तर उनले फोन उठाएनन । जवाफमा उनले यति मात्रै मेसेज पठाए कि जसमा लेखिएको थियो, ‘हामीले पूनमको मृत्युको खबर बिहानै उनको परिवारबाट पायौं । हामीले उनको परिवारसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ तर उनीहरुबाट कुनै प्रतिक्रिया आएको छैन । अहिलेसम्म उनको शव कानपुरमा रहेको भनिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु