2026-10-10 01:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अडिसन दिएका पति अमिरलाइ किन लिइनन किरण रावले फिल्ममा, गरिन खुलासा

माघ २४, मुम्बइ | किरण राव निर्देशित ‘मिसिंग लेडीज’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । 

किरण राव र आमिर खान दुवै अहिले फिल्मको प्रमोशनमा व्यस्त छन् । उनले प्रमोशनका क्रममा फिल्मसँग सम्बन्धित धेरै गोप्य खुलासा गरेको देखिन्छ । अब किरण रावले आफ्नो पूर्व पति आमिर खानले फिल्ममा रवि किशनको भूमिकाका लागि अडिसन दिएको खुलासा गरेकी छन् । तर, किरणले उनलाई यो भूमिकाका लागि कास्ट गर्न अस्वीकार गरिन् । किरणले आमिरलाई कास्ट नगर्नुको कारण पनि बताएकी छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार किरण रावले फिल्मको कास्टिङबारे कुरा गर्दै अमिरलाइ अस्विकार गरेको खुलासा गरेकी छिन । उनका अनुसार  आमिरलाई फिल्मको कथा मन परेको र फिल्ममा कास्ट गर्न चाहेको बताएका थिए । किरणले भने, ‘आमिरलाई यो क्यारेक्टर निकै मन परेको थियो र उनले यसको लागि अडिसन पनि दिए । तर, उनी स्टार भएकाले यो क्यारेक्टर निर्वाह गरेमा त्यो पात्रबाट धेरै आशा पलाउला भन्ने लाग्यो । आमिरले क्यारेक्टरमा स्टार ब्यागेज ल्याउने छन् ।’

किरणले अगाडी भनिन,  ‘हामीलाई यो क्यारेक्टरका लागि उपयुक्त व्यक्ति चाहिएको थियो । त्यसका लागि रवि किशन उत्कृष्ट छन। मलाई लाग्छ उहाँ भन्दा राम्रो कोही हुन सक्दैन, त्यसैले अमिरलाइ हामीले लिएनौं ।’

मिसिङ लेडीजको कुरा गर्दा नितान्शी गोयल, प्रतिभा रन्त, स्पर्श श्रीवास्तव र छाया कदम मुख्य भूमिकामा देखिनेछन् । यो फिल्म टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको थियो र यसले स्ट्यान्डिङ ओभेसन पाएको थियो। अब यो फिल्म १ मार्चबाट हलमा रिलिज हुँदैछ । यो फिल्मलाई किरण रावले निर्देशन गरेका हुन् ।

चलचित्रको कथाको कुरा गर्दा यो दुलही परिवर्तनको कथा हो । बेहुलाले अर्कैसँग बिहे गर्छ र अर्को बेहुली पनि उसको साथमा घर आउँछ । यो आदानप्रदान ट्रेनमा हुन्छ। त्यसपछि प्रहरी भित्रिन्छ । अब प्रहरीले असली दुलही फेला पार्न सक्छ कि सक्दैन भनेर फिल्मको प्रतिक्षा गर्नुपर्नेछ  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु