2026-10-10 01:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

हात्तीछाप’ र ‘दयारानी’ को सुरुवाती व्यवसाय कस्तो ?

माघ २८, काठमाडौँ | करिब एक महिनापछि गत शुक्रवार हलमा दुई नयाँ फिल्म ‘हात्तीछाप’ र ‘दयारानी’ रिलिज भए । स्टार कलाकारले भरिएको यी दुवै फिल्मले सेलाएको नेपाली बक्स अफिस चलायमान गराउने अपेक्षा सबैको थियो ।

फिल्महरूले अपेक्षा गरेरअनुसार व्यवसाय गर्न नसकेपछि सुरुवाती व्यवसायमा आशा जगाउने काम भने ‘दयारानी’ र ‘हात्तीछाप’ ले गरेको छ । ‘दयारानी’ का निर्देशक माओत्से गुरुङ हुन् । गुरुङका अनुसार ‘दयारानी’ ले शुक्रवार देशभर ५० प्रतिशत आसपास अकुपेन्सी कायम गरेको छ । शनिवार पनि त्यो भन्दा माथि व्यवसाय रहेको उनी बताउँछन् । 

फिल्मको विशेषगरी दुई दिन पोखरामा कमाई राम्रो रह्यो । फिल्म निर्देशक गुरुङ पोखराको रहेको र फिल्मले गुरुङ समुदायको कथा उठाएकोले पनि व्यवसाय राम्रो भएको अनुमान गरिएको छ । त्यस्तै पूर्वका दमक, विर्तामोड, इटहरीका हलमा पनि दुई दिन व्यापार राम्रो भएको निर्देशक गुरुङ बताउँछन् ।

फिल्ममा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुष्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकारको अभिनय छ ।

त्यस्तै ‘हात्तीछाप’ को शुक्रवारभन्दा शनिवार व्यवसाय राम्रो देखिएको छ । सार्वजनिक बिदा र सोनाम ल्होसार परेकाले हलमा दर्शकको चाप सुखद थियो । शनिवार अभिनेत्री उपासनासिंह ठकुरी र अभिनेता बुद्धि तामाङ दर्शकको प्रतिक्रिया बुझ्न चाबहिलस्थित एफक्यूब हल पुगेका थिए । त्यहाँ अधिकांशले फिल्मको प्रशंसा गर्दै सिक्वेल चाँडै ल्याउन आग्रह गरेका थिए ।

‘हात्तीछाप’ ले शुक्रवार र शनिवार राम्रो दर्शक पाएको वितरक रोहित कट्टेलले बताए । फिल्मले देशभर राम्रो प्रतिक्रिया पाएको दाबी गर्दै आगामी उनले दिनमा व्यापार अझै बढ्ने अनुमान लगाए ।

किरण नेपालीको प्रस्तुति रहेको फिल्मले गाउँको एउटा सुन्दर प्रेमकथा र बोतल राजाको कथालाई प्रस्तुत गरेको छ । सिमोस सुनुवारको निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, विल्सनविक्रम राई, सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु