2026-10-10 12:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

७ बर्ष पछि कपिल शर्मा र सुनिल ग्राेभरसँगै देखिदैँ

फागुन ११, मुम्बइ | भारतीय कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरले फेरि एकपटक धमाका गर्ने भएका छन् । 

अर्का कमेडियन सुनिल ग्रोवरले आफैले यस्तो संकेत दिएका छन् । सुनिलले पनि आफू र कपिलको एकसाथ आउने बारे ठूलो कुरा भनेका छन् । सुनिलले पहिले आफू अलिकति डिस्टर्ब भएको तर अहिले नभएकोसमेत बताएका छन् । 

चर्चित गुलाटी फेम पात्र सुनील ग्रोवरले इन्डियन एक्सप्रेससँगको कुराकानीमा आफ्नो र कपिलको सम्बन्धको बारेमा खुलेर बताएका छन्  । सुनिलले भने, ‘मलाई सत्य थाहा छ, त्यसैले अरूले के भन्छन् र के सोच्छन् त्यो उनीहरूको समस्या हो, मेरो होइन।’ कमेडियन कपिल र सुनिल ७ वर्षको झगडा पछि सँगै आउन लागेका हुन ।

कमेडियन सुनिल ग्रोवरले सुरुमा आफू अलिकति डिस्टर्ब भएको तर अब नरहेको बताए । प्रश्न उठाउने माथि सुनिलले भने,  ‘यस्तो गर्नेलाई मैले किन जवाफ दिनु पर्छ ? म केहि प्रश्नहरूको जवाफ दिन चाहन्छु, म गर्नेछु, तर मैले कसैलाई स्पष्टीकरण दिन आवश्यक छैन।’

सुनीलले अगाडी यो पनि भने कि यो सम्पूर्ण मामिलामा दर्शकलाई थाहा छैन। तिनीहरूसँग कुनै तथ्य छैन। ती मानिसहरू जे पनि बोल्छन् किनभने त्यो उनीहरूको काम हो। कमेडियनले थप अगाडी भने,  ‘नकारात्मक कुराले बढी ध्यान दिन्छ । यी सबै मानिसहरूले पनि पछि सबै कुरा बुझ्ने छन्।’

सन् २०१७ मा सुनिल ग्रोवर र कपिल शर्माबीच झगडा भएको थियो । उनीहरु दुवै आफ्नो टोलीसँग अष्ट्रेलिया भ्रमणमा गएका बेला उनीहरुबीच कुनै न कुनै विषयमा झगडा भएको थियो । यसपछि सुनिल ग्रोवरले कपिल शर्मासँग काम गर्न छाडेका थिए । कपिलले सुनिलसँग सार्वजनिक रूपमा माफीसमेत मागेका थिए तर सुनिल भने कपिलको शोमा फर्केका थिएनन ।

अब ७ वर्षपछि यी दुई साथी सँगै आउन लागेका हुन् । शोको बारेमा थप जानकारी चाँडै सार्वजनिक गरिने सुनिलले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु