2026-10-10 12:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

विवाह गर्दै बलिउड अभिनेत्री तापसी पन्नु

फागुन १६, काठमाडौं | बलिउड अभिनेत्री तापसी पन्नुले विवाह गर्न लागेको खबर बाहिरिएको छ । उनले लामो समयदेखिका प्रेमी म्याथियास बोसँग विवाह गर्न लागेकी हुन् । यी दुई १० वर्षदेखि प्रेम सम्बन्धमा छन् ।

तापसीले विवाहका लागि राजस्थानको उदयपुर रोजेकी छिन् । विवाहमा यी दुईजनाको परिवार मात्रै सहभागी हुने जनाइएको छ । विवरणअनुसार बलिउड सेलिब्रेटीलाई विवाहमा निम्तो दिइएको छैन । यी दुईजनाले शिख र इसाई परम्पराअनुसार विवाह गर्न लागेका हुन् ।

यसअघि प्रियंका चोपडा, परिणिती चोपडा, कट्रिना कैफ र कियारा आडवाणीजस्ता अभिनेत्रीले पनि उदयपुरमा विवाह गरेका थिए । ३६ वर्षीया अभिनेत्री पन्नु र मथियास विगत १० वर्षदेखि एकअर्कालाई मिति गरिरहेका छन् ।

तर यो जोडीले लाइमलाइटबाट टाढै रहेर सम्बन्धलाई सधैं गोप्य राखे । तापसीले प्रायः सामाजिक सञ्जालमा म्याथियाससँग फोटो र भिडियो पोस्ट गर्छिन् । यो जोडीले विवाहबारे आधिकारिक घोषणा गरिसकेको छैन । पन्नुले माथियासलाई पहिलोपटक बलिउड फिल्म ‘चस्मे बद्दूर’को सेटमा भेटेकी थिइन् ।

४३ वर्षीय म्याथियास बो डेनिस ब्याडमिन्टन खेलाडी हुन् । उनी दुई पटक युरोपियन च्याम्पियन र ओलम्पिक पदक विजेता भइसकेका छन् । उनले सन् २०२० मा ब्याडमिन्टनबाट सन्यास लिएका थिए ।

तापसी पन्नुले हिन्दी उद्योगका साथै तेलुगू र तमिल उद्योगमा काम गरिसकेकी छन् । सन् २०१० मा तेलुगू फिल्म ‘झुम्मांडी नादम’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । उनका करिअर मोडलिङबाट सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु