2026-10-10 12:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

दयाहाङलाई ट्याग गर्दै चौधरीको स्टाटस: ‘मैले एक वर्षमा कमाउने त तपाईंले यही फिल्मबाट कमाउनुहुन्छ जस्तै छ ’

फागुन १८, काठमाडौँ  | एक हप्ताअघि युट्युबमा सार्वजनिक भएको फिल्म ‘डिग्री माइला’को टिजरमा अभिनेता दयाहाङ राईले चौधरी ग्रुपले ४ लाख अफर गर्दा पनि आफूले काम नगरेको भन्ने संवाद समावेश छ । यो टिजरको आकर्षक पक्ष हो । दयाहाङले जुन मुडमा संवाद भनेका छन्, त्यसले स्वभाविक रुपमा हाँसो पैदा गर्छ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले पनि आफूलक्षित उक्त संवाद मन पराएका छन् ।

शुक्रबार फेसबुकमा टिजरको क्लिप सेअर गर्दै उनले आफ्नो वार्षिक कमाईभन्दा धेरै दयाहाङले यही फिल्मबाट कमाउने बताएका छन् । उनले दयाहाङलाई ट्याग गर्दै लेखेका छन्, ‘मैले एक वर्षमा कमाउने त तपाईंले यही एउटै फिल्मबाट कमाउनुहुन्छ जस्तै छ त दयाहाङजी । हैट ।’ 

सांसद् समेत रहेका उद्योगपति चौधरी नेपाली फिल्मसँग नजिक पात्र हुन् । उनले फिल्म समेत निर्माण गरेका छन् । सन् १९८४ मा आएको फिल्म ‘बासुदेव’को निर्माता हुन्, उनी । यसपछि उनकै कम्पनी चौधरी इन्टरटेन्मेन्टले एक दशक अगाडि अभिनेत्री ऋचा शर्मासँग मिलेर फिल्म ‘भिसा गर्ल’को पनि निर्माण गरेको थियो । यसैले चौधरीलाई फिल्मको बजार र आम्दानीबारे राम्रो ज्ञान छ ।

नयाँ वर्ष (२०८१)मा रिलिज हुन लागेको ‘डिग्री माइला’मा दयाहाङको जोडी आँचल शर्मासँग बाँधिएको छ । प्रकाश घिमिरे, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, सोमनाथ खनाल, लोकेन्द्र लेखक, अनिल सुब्बा, पशुपति राई, हिउँवाला गौतम, शेखर चापागाईंको पनि फिल्ममा अभिनय छ । शैक्षिक बेरोजगारीले युवामा ल्याएको चरम निराशामा आधारित भएर फिल्म बनेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु