२७ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

रेखाको उपहारले पायो युनिभर्सल सर्टिफिकेट

२० फाल्गुन २०८०, आईतवार ०३:२७

फागुन २०, काठमाडौं | यही शुक्रबार अर्थात  फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’ले केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात युनिभर्सल सर्टिफिकेट पाएको छ ।

यो सर्टिफिकेट पाएपछि सबै उमेर समूहका दर्शकले फिल्म हेर्न पाउँछन् । 

फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले फिल्मलाई सेन्सर बोर्डका सदस्यले मनपराएको बताए ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई दियो १४० रनको लक्ष्य माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दै जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृ-त्यु, २ घाइते पोखराविरुद्ध टस जितेर सुरुमा ब्याटिङ गर्दै विराटनगर रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै यस्तो रहने छ आजको मौसम ! एनपिएलमा आज पनि दुई खेल हुदैँ, पहिलो खेलमा विराटनगर र पोखराबीच हुँदै निर्माण व्यवसायी र सिमेन्ट उत्पादक संघबीच सिमेन्टको मूल्य घटाउने सहमति दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दर्ता वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउँदै म प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थाल्याे: प्रधानमन्त्री ओली लुम्बिनीलाई १८ रनले हराउदै काठमाडौँको दोस्रो जित, प्लेअफबाट बाहिरियो लुम्बिनी लुम्बिनीलाई जितका लागि १८ बलमा २९ रन आवश्यक लुम्बिनीको सातौं विकेट पतन लुम्बिनीको चौथो विकेट पतन, ८ रन बनाएर आउट भए रोहित पौडेल रवि लामिछानेविरुद्ध पाँचवटै सहकारी प्रकरणमा मुद्दा दर्ता तयारी, अदालतको आदेशपछि थुनामुक्त हुन सक्ने काठमाडौंबिरुद्ध लुम्बिनीको खराब सुरुवात, पावर प्लेमा तेस्रो विकेट गुमाएर बनायो मात्र १६ रन आज पनि रास्वपाको प्रदर्शन,पोखरामा बाक्लो संख्यामा प्रहरी परिचालन काठमाडौंले लुम्बिनीलाई दियो १०४ रनको लक्ष्य